९ आश्विन २०८१ बुधबार
image/svg+xml

निर्वाहमुखी विकासको अर्थ छैनः उपसभामुख भुसाल

‘विकासले सिमित क्षेत्र ओगटेको छ, उनले भनिन्, ‘आर्थिक, सामाजिक र साँस्कृतिक परिवर्तन भए मात्र राष्ट्र विकसित हुन्छ।’ उनले भ्रष्टाचारमुक्त अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएकी छिन्। जबसम्म राष्ट्रको अर्थतन्त्र भ्रष्टाचार मुक्त हुँदैन तबसम्म विकास निर्वाहमुखी मात्र हुने उनको भनाइ छ।

सिपिसीका वरिष्ठ नेता आउँदै

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को तेस्रो वरीयताका नेता एवं राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली झान्सु तीन दिवसीय नेपाल भ्रमणको सिलसिलामा यही भदौ २७ गते काठमाडौं आउँदै छन्।

'अहिले सबैले वास्तविक प्रदीप गिरी खोजिरहेका छन्'

गिरीले स्वतन्त्रताको लागि निरन्तर लडेको बताए। उनले आफ्नो स्वतन्त्रता सरकार, पार्टी कसैलाई पनि नदिएर आफैँले लिएर गएको बताए। प्रदीप गिरी एउटा पार्टी, देशमा अटाउने मान्छे नभएको भन्दै गिरी विचारको भने धनी भएको बताए।

खुला संसदको अवधारणालाई नीतिगत व्यवस्था गर्दैछौंः सभामुख शाही

‘नीतिगत रुपमा सम्बोधन गर्नलाई हामी नियमावलीमा पनि व्यवस्था गर्दैछौँ। सुरुमा निर्माण गर्दा नियमावलीमा रहेका अपुगलाई हामी फुलफिल (पूर्ण) गर्दैछौँ। प्रक्रियाहरु निर्धारण गर्दा त्यसलाई पनि एड्भान्स (अग्रिम) बनाउँदै छौँ।’

सरकारलाई सभामुखको रुलिङः त्रिविको समस्या तत्काल समाधान गर्नु

सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी लगायतका विरोधका कार्यक्रमले पठनपाठन प्रभावित भएकोप्रति प्रतिनिधि सभाको गम्भिर ध्यानाकर्षण भएको बताएका छन्।

‘गम्भीर छलफल हुनुपर्ने अवस्थामा’

राष्ट्रपतिले सन्देशमा उल्लेख गरेको विषयलाई कुनै वास्ता नगरी प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले समितिमा नै नपठाई नागरिकता विधेयक सदनबाट पारित गराउनुले राष्ट्रपतिको सन्देशको अपमान गरेको र यसले लोकतन्त्रलाई नै उपेक्षा गरेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले तीव्र असन्तुष्टि जनाएको छ।

प्रदेश १ को नामाकरणको सम्भावना टर्‍योः सभामुख भण्डारी

‘यही हप्ताभित्र प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्ने तयारी हुँदैछ, सभामुख भण्डारीले भने, प्रदेश सभाले यो अधिवेशनबाट नाम ल्याउने सम्भावना लगभग टरिसक्यो।’

राजनीतिक स्वार्थभन्दा माथि उठेर विपद् व्यवस्थापन गरौँः सभामुख भण्डारी

सभामुख भण्डारीले प्रदेश १ विपद्का हिसाबमा जोखिमयुक्त रहेको भन्दै वर्षैपिच्छे हुने विपद्लाई न्यूनीकरण र व्यवस्थापन गर्न सक्रियतापूर्वक लाग्नुपर्ने बताए। उनले इमान्दारितापूर्वक कर्तव्य पूरा गरे धेरै समस्याको समाधान हुने बताए। उनले प्राकृतिक प्रकोपमा दीर्घकालीन व्यवस्थापनका बारेमा सोच्न नसकेको बताए।

प्रदेश सरकारले बनाएका कानूनको कार्यान्वयन भएनन्: सभामुख भण्डारी

मंगलबार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

ताइवानसँग व्यापार वार्ता गर्दै अमेरिका

ताइवानको लोकतन्त्रप्रति समर्थन जनाउन साङ्केतिक प्रयासस्वरुप वासिङटनले चीनको स्वशासित क्षेत्र ताइवानसँग विस्तृत व्यापार सन्धिका निम्ति वार्ताको योजना बनाएको हो।

पेलोसीको ताइवान भ्रमण क्षेत्रीय अस्थिरता बढाउन होः पुटिन

राष्ट्रपति पुटिनले पेलेसीको भ्रमणाई ‘अन्य देशहरूको सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय दायित्वहरूको अनादरको निर्लज्ज प्रदर्शन’ हो भने।

दलहरुको मत विभेदका कारण प्रदेश १ को नामाकरण टुंगिन सकेनः प्रदेश सभामुख

उनले पार्टीहरुका आफ्ना–आफ्ना अडान र नेताहरुको केन्द्रिकृत भावनाले प्रदेशको नामाकरण हुन नसकेको बताए। उनले प्रदेश संसदले प्रदेशको नामाकरणका लागि दलहरुबीचमा छलफल गराएपनि त्यो सहमति बन्न नसकेको बताए।

नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने गठबन्धनको निर्णय

राष्ट्रपतिले सन्देशसहित नागरिकता विधेयक फिर्ता गरेपछि साझा धारणा बनाउन गठबन्धनको बैठक बसेको थियो। बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि संसद‍्मा विधेयक फिर्ता आउनुलाई संविधानसम्मत ठहर गरेको छ।

चिनियाँ राजदूतसँग सभामुख सापकोटाले भने: नेपाल एक चीन नीतिमा सदैव प्रतिबद्ध छ

सभामुखको सरकारी निवास लैनचौरमा भएको भेटमा दुई देशबीचकोे सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो।

भारत र अमेरिकाले चिनियाँ सीमा क्षेत्रमा सैन्य अभ्यास गर्दै

संयुक्त सैन्य अभ्यास हुन लागेको उत्तराखण्डको औली भारत चीनको विवादित सीमा एलएसीबाट ९५ किलो मिटर टाढा रहेको जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्