८ वैशाख २०८१ शनिबार
राजनीति

सिपिसीका वरिष्ठ नेता आउँदै

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को तेस्रो वरीयताका नेता एवं राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली झान्सु तीन दिवसीय नेपाल भ्रमणको सिलसिलामा यही भदौ २७ गते काठमाडौं आउँदै छन्। 

सिपिसी अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जिन्चाओले भ्रमण गरेको दुई महिनापछि ली आउन लागेका हुन्। लिउ असारमा यहाँ आएका थिए। लीको नेपाल भ्रमणको तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

उनले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख तथा प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई भेट्ने कार्यक्रम छ। एसियाली मुलुकको भ्रमणका सिलसिलामा उनी नेपाल आउन लागेका हुन्।  

प्रकाशित: १८ भाद्र २०७९ ०१:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App