७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रदेश १ को नामाकरणको सम्भावना टर्‍योः सभामुख भण्डारी

प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले प्रदेशसभाले तत्कालै प्रदेशको नामाकरण गर्ने सम्भावना नरहेको बताएका छन्। प्रदेशको नामाकरणका लागि आफूले धेरै प्रयत्न गरे पनि दलहरू आ–आफ्नो अडानबाट पछि नहट्दा नामाकरणका लागि अर्को प्रदेशसभा नै कुनुपर्ने अवस्था आएको भण्डारीले बताए।

यही हप्ताभित्र चालु अधिवेशन अन्त्य गर्ने तयारी भइरहेको र चुनाव घोषणा भइसकेकाले यही प्रदेशसभाले नाम दिने सम्भावना टरिसकेको उनको भनाइ छ। ‘यही हप्ताभित्र प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्ने तयारी हुँदैछ, सभामुख भण्डारीले भने, प्रदेश सभाले यो अधिवेशनबाट नाम ल्याउने सम्भावना लगभग टरिसक्यो।’

नामाकरण राजधानी तोक्न भन्दा सजिलो भए पनि प्रदेश १ मा नामाकरणको विषय नै जटिल बनेको भण्डारीले बताए। राजधानी टुंगो लगाएकै बेलामा दलहरूको बीच प्रदेशको नाम सहमतिको आधारमा टुंग्याएर जाने समझदारी भए पनि दलहरू आ–आफ्नो अडानबाट पछि नहट्दा नामा टुंग्याउन नसकिएको भण्डारीले स्पष्ट पारे।

‘विभिन्न समयमा भएको सर्वदलीय छलफल, दलहरूले गरेको आन्तरिक छलफलबाट पनि कुनै निकास निस्कने अवस्था नआएको र दलहरूले आफ्नो हठ छाड्न मानेनन्।’  प्रदेशको नाम राख्न हाल कायम ९० सदस्यीय प्रदेशसभाको कुल संख्याको दुई तिहाई संख्या चाहिन्छ। तर, कुनै पनि दलको दुई तिहाई बहुमत नभएको र कुनै पनि नाममा सहमति नजुटेको भण्डारीले बताए।

उनले भने ‘नाम राख्न दुई तिहाई बहुमत चाहिने भएकाले दलिय सहमति बिना प्रदेशसभामा नामाकरणको विषय प्रवेश गराउनुको अर्थ रहँदैन।’  प्रदेशसभाले ५ वर्षमा ६१ विधेयक पास भएको २ संशोधनको चरणमा रहेको र बाँकि रहेको दुई विधेयक आफ्नै कार्यकालमा ल्याउने प्रयास भईरहेको जानकारी दिए। अहिले सञ्चार सम्बन्धी विधेयक अझै समितिमा छलफलमै रहेको उल्लेख गरे।

निष्ठुरी र खतिवडा पुरस्कृत

कोषराज रेग्मी स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट  नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी पुरस्कृत भएका छन्। नगद २५ हजार राशीको पुरस्कार शनिबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी निष्ठुरीलाई प्रदान गरिएको हो।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरीलाई पुरस्कार वितरण गर्दै प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीलगायत।

नेपाल पत्रकार महासंघ मोरङले हरेक वर्ष प्रदान गर्दै आएको खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार २०७९ मोरङका पत्रकार दुर्गाप्रसाद खतिवडालाई प्रदान गरिएको छ। यो पुरस्कारको राशी ११ हजार रहेको छ। दुबै पुरस्कार प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल लगायतले पुरस्कृतहरूलाई हस्तान्तरण गरेका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघका विपुल पोखरेलले राज्यको लगानी पत्रकारिता विकासका लागि नभएको बताए। नागरिक समाजले पत्रकारिताको भूमिकालाई सम्मान गरेको भएपनि राज्यको तर्फबाट हुन नसकेको उनको गुनासो छ।

अहिले पनि मिडिया र सञ्चारक्षेत्रको लागि बन्ने कानुनमा पत्रकार झस्कनु पर्ने अवस्था रहेको पोखरेलले बताए। चुनावको मुखमा गरिने पत्रकारिता निक्कै चुनौतीपूर्ण हुने भएकाले सही नेतृत्व चयनका लागि सघाउने गरी पत्रकारिता गर्न पोखरेलले आग्रह गरे।

प्रकाशित: ११ भाद्र २०७९ ११:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App