७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

राजनीतिक स्वार्थभन्दा माथि उठेर विपद् व्यवस्थापन गरौँः सभामुख भण्डारी

प्रदेश १ का प्रदेश सभा सभामुख प्रदीपकुमार भण्डारीले राजनीतिक स्वार्थभन्दा माथि उठेर विपद् व्यवस्थापनमा जुट्नुपर्ने बताएका छन्।

बिहीबार प्रदेश १ सरकारको न्याय, प्रशासन तथा विधायन समितिले आयोजना गरेको प्राकृतिक विपद् व्यवस्थापनमा प्रदेश सभासदहरुको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख भण्डारीले मानवनिर्मित प्रकोपलाई न्यूनीकरण गर्न इमान्दारितापूर्वक लाग्नुपर्नेमा जोड दिए।

सभामुख भण्डारीले प्रदेश १ विपद्का हिसाबमा जोखिमयुक्त रहेको भन्दै वर्षैपिच्छे हुने विपद्लाई न्यूनीकरण र व्यवस्थापन गर्न सक्रियतापूर्वक लाग्नुपर्ने बताए। उनले इमान्दारितापूर्वक कर्तव्य पूरा गरे धेरै समस्याको समाधान हुने बताए। उनले प्राकृतिक प्रकोपमा दीर्घकालीन व्यवस्थापनका बारेमा सोच्न नसकेको बताए।

सभामुख भण्डारीले नराम्रो कामको संरक्षण गर्ने प्रवृत्तिले समस्या सिर्जना भइरहेको भन्दै विपद्का घटना हुन नदिन बेलैमा पूर्व तयारीका साथ अघि बढ्नुपर्ने बताए। उनले नागरिक लाभान्वित हुने गरेर कानूनको कार्यान्वयनमा सबै प्रतिबद्ध हुन आवश्यक रहेको बताए।

प्रकाशित: ९ भाद्र २०७९ १०:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App