जेनजी सहिद परिवारलाई १० वर्षको रकम एकैपटक दिने तयारी
पुनर्निर्माण कोषमा सोमबारसम्म १२ करोड सात लाख रुपैयाँ जम्मा भएको छ। ४२ जेनजी सहिद परिवारलाई १० वर्षका लागि एकै पटक अग्रिम भुक्तानी गर्दा ११ करोड ९० लाख रुपैयाँ खर्च हुन्छ। यसो गर्दा सो कोषमा रहेको सबैजसो रकम सकिनेछ।

