१० आश्विन २०८१ बिहीबार
image/svg+xml

नेपाली सेनाको गाडी दुर्घटना, ३३ घाइते, तीन जनाको अवस्था गम्भीर

शनिबार राति परेको हिमपातका कारण भिदत्तराजमार्गको साउखर्कमा अवरुद्ध भएको बाटो खोलेर फर्किने क्रममा नेपाली सेनाको लु १ ना २९४ नम्बरको (वान टन) ट्रक दुर्घटना हुदाँ ३३ जना सेना घाइते भएका छन्। घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

वीरगन्ज कारागारमा छुरा हानाहान, एक गम्भीर

आइतवार साँझ वीरगन्ज कारागारमा छुरा हानाहान भएको छ। कारागारभित्र बन्द कैदीहरुबीचको झगडामा एक कैदीले अर्कोलाई छुरा हानेको प्रहरीले जनाएको छ। ‘क्रिसमसको रमझम कैदीहरुले मनाईरहेको बेला घटना भएको हो,’ पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले भने, ‘तरकारी काट्ने छुरा प्रयोग भएको रहेछ।’

विद्यार्थी बोकेको बस दुर्घटना, १ को मृत्यु, ८ जना गम्भीर

ललितपुरस्थित क्यारेवियन स्कुलका विद्यार्थी चढेकाे बस मकवानपुरकाे फाखेल जाने बाटाेमा दुर्घटना भएकाे छ। २६ जना विद्यार्थी बाेकेकाे बस शनिबार विहान दुर्घटना भएकाे ललितपुरका एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए।

स्मार्ट लाइसेन्समा गम्भीर त्रुटि (भिडियो)

बागमती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुनाले वितरण गर्ने स्मार्ट सवारीचालक अनुमति पत्र (स्मार्ट लाइसेन्स)को कार्डमा ३ गम्भीर त्रुटि देखिएका छन्। यातायात कार्यालयले रोजगारीका लागि विदेश जानेहरुलाई समेत तिनै त्रुटिपूर्ण लाइसेन्स वितरण गरिरहेको छ।

एन्फाकै कारण गम्भीर क्षति

अखिल नेपाल फुटबल संघ (एन्फा) को लापरबाहीले नेपाली राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्री स्टार क्लब एएफसी कपको प्लेअफ खेल्ने अधिकारबाट वञ्चित भएको छ। भदौमा मंगोलियामा सम्पन्न एएफसी कप प्लेअफ छनोटअन्तर्गत समूह 'बी' को च्याम्पियन बन्दै थ्री स्टार अघिल्लो चरणका लागि छानिएको थियो।

डा. केसीको अवस्था गम्भीर, देशभरका चिकित्सक आन्दोलनमा

उन्नाइस दिनदेखि आमरण अनशनमा रहेका त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर भएको छ।  जीवनरक्षाका लागि दबाब बढाउन देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन्।

डा. केसी थप गम्भीर

सोह्र दिनदेखि आमरण अनशनमा रहेको डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जोखिमपूर्ण अवस्थामा पुगेको छ। केही दिनदेखि घाँटीको संक्रमण (फनेन्जाइटिस) देखिएका केसीको संक्रमण फोक्सोमा सरेको आशंका उपचारमा संलग्न चिकित्सकले गरेका छन्।

गम्भीर अपराधीलाई उन्मुक्ति दिने व्यवस्था विधेयकमा

दातृ निकाय र सरकोकारवाला पक्षको आपत्तिपछि सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग ऐन संशोधन मस्यौदा शान्ति मन्त्रालयमा रोकिएको छ। द्वन्द्वकालीन मुद्दाहरूको सम्बोधन गर्न यी दुई आयोग गठन भएका हुन्।

गम्भीर अपराधमा माफी हुन्न : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले दस वर्ष चलेको 'सशस्त्र द्वन्द्व' मा भएका मानवअधिकार उल्लंघनका गम्भीर घटनाका दोषीलाई आममाफी नहुने स्पष्ट पारेका छन्। मानवअधिकार उल्लंघनका गम्भीर अपराधमा आममाफी हुँदैन भन्नेमा सरकार प्रस्ट रहेको र मानवअधिकारकर्मी पनि यसबारे दोधारमा बस्न जरुरी नरहेको उनले बताए।

द्वन्द्वमा गम्भीर अपराध गर्नेलाई अाममाफी हुन्न : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले दशवर्ष चलेको सशस्त्र द्वन्द्वकाक्रममा भएका गम्भीर मानव अधिकारका घटनामा दोषी पाइएकालाई आममाफी नहुने स्पष्ट गरेका छन्। गम्भीर अपराधमा आममाफी हुँदैन भन्नेमा सरकार प्रस्ट रहेको र मानव अधिकारकर्मी पनि दोधारमा बस्न जरुरी नरहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । जवाफदेहिता निगरानी समूह र द्वन्द्व पीडित साझा चौतारी नेपालका प्रतिनिधिसँग बिहीबार सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री दाहालले सशस्त्र द्वन्द्वकालीन मुद्दालाई लम्ब्याउने भन्दा पनि सबैलाई मान्य हुने विकल्प खोजीमा सरकार लागेको बताए।

गम्भीर अपराधमा 'उन्मुक्ति दिन' ऐन फेरिँदै

द्वन्द्वकालीन केही गम्भीर अपराधमा उन्मुक्ति दिन मिल्ने गरी सरकारले 'सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन' सम्बन्धी दुई आयोगको ऐन संशोधन तयारी गरेको छ। बम विस्फोट, सामूहिक हत्या र अन्तर्राष्ट्रिय मानवीय कानुनविपरितका केही गम्भीर अपराधमा उन्मुक्ति दिन सकिने गरी सरकारले ऐन संशोधन तयारी गरेको हो।

नेपालका 'गतिविधि' प्रति चीनको गम्भीर आपत्ति

नेपाल सरकार र प्रमुख दलका शीर्ष नेताका क्रियाकलापप्रति गम्भीर असन्तुष्टि जनाउँदै छिमेकी चीनले नेपाल ‘एक चीन नीति’ मा प्रतिबद्ध रहे/नरहेको बारे नेपाल सरकारसँग जवाफ मागेको छ।

माअाेवादी केन्द्रका सांसद पाण्डेकाे अवश्था गम्भीर

नेकपा माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको स्वास्थ्यअवस्था गम्भीर भएको छ।

रात्रि बस त्रिसुलीमा खस्दा नौ जना गम्भीर घाइते, केही बेपत्ता भएकाे अनुमान

काठमाडाैंबाट भैरहवा जान आउँदै गरेको लु१ख ७३९१ नं को रात्रि बस आज साँझ नारायणगढ–मुग्लिन सडकखण्डको दाहाखानी गाविस–६ को रिद्धिखोलानजिकै त्रिशूली नदीमा खस्दा नौजना गम्भीर घाइते भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्