११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

माअाेवादी केन्द्रका सांसद पाण्डेकाे अवश्था गम्भीर

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको स्वास्थ्यअवस्था गम्भीर भएको छ।

पाण्डे विगत एक वर्षदेखि फोक्सोको क्यान्सरबाट पीडित छन्। उनलाई भारतको हरियाणास्थित मेदान्त अस्पतालमा उपचारको क्रममा क्यान्सर भएको पत्ता लागेको थियो। उपचारकै क्रममा रहेका पाण्डेको हरिसिद्धिस्थित नेपाल क्यानसर अस्पतालमा उपचार भइरहेको छ। उनलाई अपस्तालको आइसीयु कक्षमा राखेर उपचार भइरहेको छ। चिकित्सकहरुका अनुसार उनको क्यानसर चौथो चरणमा रहेको क्यान्सर संक्रमण दिमागसम्म फैलिएको छ।

नेता पाण्डेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका अध्यक्ष बाबुराम भेटेका छन्। रोगले च्यापेपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको हो।

प्रकाशित: १८ कार्तिक २०७३ १३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App