११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

गम्भीर अपराधमा ‘उन्मुक्ति दिन’ ऐन सच्याइँदै

सर्वोच्च अदालतको फैसलाअनुकूल बनाउने भन्दै द्वन्द्वकालीन मुद्दाको सम्बोधन गर्न गठित दुई आयोगका ऐनलाई केही गम्भीर अपराधमा उन्मुक्ति दिन सकिने गरी सरकारले संशोेधनको तयारी गरेको छ ।

पदमार्गमा लगातार पहिरो, ४ को मृत्यु, ६ गम्भीर

उत्तरी गोरखाको केरौँजा–९ दोभाननजिकै बिहीबार पहिरोमा चार जनाको मृत्यु भएको छ। पहिरोमा १३ घाइते छन्, तीमध्ये ६ गम्भीर छन्। मृत्यु हुनेमा एक स्पेनिस पर्यटक, उनीसँगै रहेको पथप्रदर्शक ३५ वर्षीया दोर्जे लामा, ३० वर्षका छिरी शेर्पा र क्यान नेपालका कर्मचारी वर्ष २५ कि रञ्जना बस्नेतको पहिरोमा परी मृत्यु भएको हो। घाइतेको राजधानीस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।

गम्भीर अपराधमा संलग्नलाई उन्मुति दिइन्न: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले गम्भीर प्रकारका अपराधमा संलग्नलाई उन्मुक्ति नदिने बताएका छन्। संक्रमणकालीन न्यायकाे विश्वव्यापी सिद्धान्त अनुसार समाजमा मेलमिलाप सृजना गरी शान्ति तथा पुननिर्माणाकाे काम अघि बढाउनु पर्ने उनकाे भनाइ थियाे। मधेसी माेर्चाले मधेस अान्दाेलनमा पक्राउ परेलाइ रिहा गर्न सरकारलाइ दबाब दिइरहेका बेला प्रधानमन्त्रीकाे साे भनाइ सार्वजनिक भएकाे हाे।

गम्भीर देखिएकै हो सडक दुर्घटनामा?

कुनै सडक दुर्घटना भएपछि केही दिनसम्म सरकारका निकायहरु नियम कानुन कडा किसिमले लागु गर्न क्रियाशील देखिन्छन् तर दिन बित्दै जाँदा उनीहरुको क्रियाशीलता आलश्यमा परिणत हुँदै जान्छ। अहिलेसम्म सरकारको तौरतरिकामा त्यही प्रक्रिया दोहोरिँदै आएको छ।

इनारमा हामफाल्दा छोरीको मृत्यु, आमा गम्भीर घाइते

अामाले अाफूसँगै लिएर इनारमा हामफल्दा सिरहा धनगढीमा एक बालिकाको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन्।

भारतीय सुरक्षाकर्मीको बुट र लाठी अाक्रमणबाट दुई नेपाली गम्भीर घाइते, सीमामा तनाब

गौशाला—भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाल भूमि प्रवेशगरी महोत्तरीको मटिहानी गाविसमा दुईजना नेपालीमाथि सांघातिक आक्रमण गरेका छन्।

उत्तर काेरियाकाे आणविक परीक्षणप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण

जनगणतन्त्र कोरियाले हालै गरेको आणविक परीक्षणका सन्दर्भमा नेपाल सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरकारले परराष्ट्र मन्त्रालयमार्फत आज एक विज्ञप्ति जारी गरी संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद् तथा अन्तर्राष्ट्रिय समुदायको अवज्ञा गर्दै कोरियाले गरेको उक्त परीक्षणप्रति विरोध जनाएको हो ।

गंगामायाको स्वास्थ्य गम्भीर

आमरण अनशनरत गंगामाया अधिकारीको स्वास्थ्यस्थिति कमजोर हुँदै गएको छ। केही सातादेखि वीर अस्पतालमा आमरण अनशन बसेकी अधिकारीको स्वास्थ्य स्थिर तर गम्भीर रहेको अस्पतालले जनाएको छ। जुनसुकै समय स्वास्थ्य थप नाजुक हुन सक्ने जनाउँदै अस्पतालका डाक्टर मनेनप्रसाद गोर्खालीले भने, 'अहिलेको अवस्था स्थिर तर गम्भीर छ।'

कालिकोट जाँदै गरेको यात्रु बस दुर्घटना, सातको अवस्था गम्भीर

महेन्द्रनगरबाट कालिकोट जाँदै गरेको यात्रु बस आइतबार बेलुका साँढे पाँच बजे रन्तराजमार्गको चिसापानी देउरालीमा दुर्घटना भएको छ। २३ जना यात्रु बोकेर कालिकोटतर्फ गैइरहेको बस सडकबाट तीस मिटर तल भीरमा खसेको छ। बस दुर्घटनामा २३ जना यात्रु घाइते भएका छन्।

समस्या समाधानप्रति सरकार गम्भीरः पोखरेल

माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरिराजमणि पोख्रेलले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण अगाडि विवादित विषयमा सहमति गर्नसरकार लागि परेको बताएका छन्।

दुर्घटना नियन्त्रणमा गम्भीर बन्न आग्रह

पछिल्लो समय ठूला दुर्घटना बढेको प्रति चिन्ता व्यक्त गर्दै सांसदहरूले नियन्त्रणका लागि गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन्। काभ्रे, चितवन, बैतडीलगायत स्थानमा भएका दुर्घटनामा दर्जनौँ सर्वसाधारणले अनाहक ज्यान गुमाएको भन्दै उनीहरूले सडकको सिन्डिकेट खारेज गर्न माग गरे।

प्रहरी हबल्दारसहित २ कोे विष सेवनले मृत्यु, १ गम्भीर

प्रहरी हवल्दारसहित ३ जनाले एकैदिन विष सेवन गरेका छन्। विष सेवनबाट २ को मृत्यु भएको छ भने १ को अवस्था गम्भीर छ। विष सेवनबाट सदरमुकाम गाईघाटस्थित सशस्त्र प्रहरी बल त्रियुगा गुल्मका प्रहरी हवल्दार ३४ वर्षीय सुरेश हमालको मंगलबार बिहान मृत्यु भएको छ भने अर्का त्रियुगा नगरपालिका १० देउरीका गोपालबहादुर भुजेलको पनि विष सेवनबाट मृत्यु भएको छ।

सीमा सुरक्षामा भारत 'गम्भीर'

भारतले नेपालसँगको सीमासुरक्षाप्रति गम्भीर चासो व्यक्त गरेको छ। नेपाल–भारत सीमामा हुने गरेका विभिन्न गतिविधि र अस्थिरताप्रति नेपालको ध्यानाकर्षण गराउँदै भारतले सीमामा सुरक्षा सतर्कता बढाउन नेपालसमक्ष आग्रहसमेत गरेको छ।

मोटरसाइकलले ठक्करबाट एकको मृत्यु, एकजना गम्भीर

मोटरसाइकलको ठक्करबाट रौतहटमा एकजना युवकको मृत्यु भएको छ, भने अर्का एकजना गम्भीर घाइते भएका छन्। गरुडा नगरपालिका–१३ जयनगर चोकस्थित सहायक राजमार्गमा बिग्रिराखेको आफ्नो ट्रकलाई बनारहेको गरुडा नगरपालिका–२ का व्यावसायी ३५ वर्षीय विमल चौधरी कलवारलाई गरुडाबाट गौरतर्फ जाँदै गरेको बा२९प७९४४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा चौधरीको मृत्यु भएको हो। चौधरीसँगै रहेका गरुडा नगरपालिका–२ का ३० वर्षीय राम कृपाल राम गम्भीर घाइते भएका छन्।

'प्रणव र जिनपिङलाई ल्याउन नेपाल गम्भीर'

'प्रधानमन्त्रीका रुपमा चीन र भारतमा मेरो भ्रमण हुने नै छ,' केही बुद्धिजीवी, लेखक र सम्पादकहरूसँग शुक्रबार बेलुका बालुवाटारमा अन्तरक्रिया गर्दै दाहालले भने, 'उहाँहरू (उपप्रधानमन्त्रीद्वय) को भ्रमणको उद्देश्य दुवै देशका राष्ट्रपतिलाई नेपाल भ्रमणमा ल्याउने हो।' भारत र चीनका राष्ट्रपतिको नेपाल भ्रमण नभएको धेरै वर्ष भएको उनले सुनाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्