८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

इनारमा हामफाल्दा छोरीको मृत्यु, आमा गम्भीर घाइते

लहान– अामाले अाफूसँगै लिएर इनारमा हामफल्दा सिरहा धनगढीमा एक बालिकाको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन्।

धनगढीमाई नगरपालिका– १२ विष्णुपुरका २८ वर्षीया हिरा खनालले आफ्नी एक वर्षीया छोरी दिलिसालाई बोकेर घर अगाडि रहेको इनारमा हिजो साँझ हामफल्दा छोरीको घटनास्थलमै मृत्यु भएको थियो।

आमा हिरालाई भने प्रहरीले उद्धार गरी उपचारका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल पठाएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए। हिराका श्रीमान् धु्रव खनाल वैदेशिक रोजगारीको क्रममा दुबईमा छन्।

मृतक बालिकाको शव परीक्षणका लागि लहानस्थित रामकुमार सारदा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ ।

इनारमा बच्चासहित हामफाल्नुको स्पष्ट कारण भने खुल्न सकेको छैन् । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक केसीले बताए। रासस

प्रकाशित: ३१ भाद्र २०७३ ११:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App