२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

साहित्यपोस्ट उत्तम कृति पुरस्कारका लागि १० पुस्तक छानिए

साहित्यपोस्ट इ दैनिक पत्रिकाले प्रदान गर्ने ५० हजार रूपैयाँ राशिको पहिलो सिर्जना पुरस्कारका लागि सर्वोत्कृष्ट १० कृति सार्वजनिक गरेको छ।

विद्यालयमा प्रतिभा पुरस्कार अक्षयकोष

जुम्लाको हिमा गाउँपालिकामा रहेको कालिका माध्यमिक विद्यालयमा विद्यालय प्रतिभा पुरस्कार अक्षयकोष स्थापना गरिएको छ।

नई शोध पुरस्कार समर्पण गरिने

राष्ट्रकवि माधवप्रसाद घिमिरे, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, जनराष्ट्रकवि ईश्वरवल्लभ, महासमालोचक प्रा. वासुदेव त्रिपाठी तथा नेपाली साहित्यका विश्वनारी रत्न बानिरा गिरिका व्यक्तित्व, कृतित्व र साहित्यिक योगदानबारे विद्यावारिधि शोध गर्ने एकजना विशिष्ट शोधार्थीलाई नई शोध पुरस्कार समर्पण गरिने भएको हो।

विद्यावारिधि गर्नेलाई एक लाखको 'नइ शोध पुरस्कार'

नइ प्रकाशनको रजत महोत्सवका उपलक्ष्यमा नेपाली भाषासाहित्यका विशिष्ट साधकका नाउँमा विद्यावारिधि शोध गर्ने एक विशिष्ट शोधार्थीलाई एक लाख रुपैयाँ राशिसहित ‘नइ शोध पुरस्कार’ समर्पण गरिने निर्णय भएको छ।

आशिष पुरस्कार लावती र घिमिरेलाई

२०७८ सालको आशिष स्मृति पत्रकारिता पुरस्कार पत्रकार सुमन लावतीलाई प्रदान गरिएको छ। नेपाल पत्रकार महासंघ इलाम शाखाले उदीयमान पत्रकारलाई हरेक वर्ष प्रदान गर्ने पुरस्कार यो पटक रेडियो माङ्सेबुङ एफएमका स्टेसन म्यानेजर लावतीलाई प्रदान गरिएको हो।

दिगो विकासमा काम गर्नेलाई १० लाखको पुरस्कार घोषणा

‘गरीबीरहित समाज’ निर्माणको अभियानमा जीवन विकास समाज सक्रिय छन्। विसं २०५४ मा स्थापना भएको यो समाजले अहिले प्रदेशको सात जिल्लामा ७५ शाखाबाट कार्यक्रम सञ्चालन गर्दै आएको छ।

सुशान्तकाे 'छिछोरे' सर्वोत्कृष्ट चलचित्र, कंगना सर्वोत्कृष्ट अभिनेत्री

भारत सरकारले हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार घोषणा भएको छ। ६६औं राष्ट्रिय चलचित्र पुरस्कारमा नितेश तिवारी निर्देशित स्वर्गीय सुशान्त सिंह राजपूत अभिनित 'छिछोरे' ले सर्वोत्कृष्ट चलचित्र पुरस्कार जित्न सफल भएको छ।

सात पत्रकारलाई तुवाचुङ साप्ताहिक पुरस्कार

खोटाङबाट प्रकाशित हुँदै आएको तुवाचुङ साप्ताहिक पत्रिकाले युवा उद्यमी र पत्रकारलाई पुरस्कार प्रदान गरेको छ । तुवाचुङ साप्ताहिकले दोश्रो बार्षिकोत्सवको अवशरमा १५ हजार राशीको तुवाचुङ युवा उद्यमी पुरस्कारबाट एक जना युवा उद्यमीलाई र १५/१५ हजार राशीकै तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कारबाट जिल्लामा कार्यरत सात जना पत्रकारलाई पुरस्कृत प्रदान गरेको हो ।

मुस्कानलाई साहसी महिला पुरस्कार

दुई वर्षअघि एसिड आक्रमणमा परेकी मुस्कान खातुनले यो वर्षको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार (आइडब्लूओसी) पाउने भएकी छन्। नेपालस्थित अमेरिकी मिसनले उनलाई अन्तराष्ट्रिय महिला दिवसको दिन मार्च ८ मा पुरस्कार प्रदान गर्ने अमेरिकी दूतावासले जनाएको छ।

धेरै फलाउने किसानको खातामा १ लाख

दक्षिणी मिक्लाजुङ गाउँपालिकाले धेरै धान र मकै फलाउने किसानलाई प्रोत्साह पुरस्कार स्वरुप १ लाख रुपैयाँ दिएको छ। नवौँ गाउँसभाको अवसरमा धेरै फलाउने किसानलाई पुरस्कृत गरीएको छ भने पुरस्कार बापतको १ लाख रुपैयाँ किसानको बैँक खातामा जम्मा गर्ने तयारी गरेको छ। गाउँपालिकाले दिएको जानकारी अनुसार आइतबार पुरस्कृत किसानको खातामा यो रकम जम्मा हुने छ।

मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड प्रदान गरिदैँ

तेजाब आक्रमणको अन्त्यतर्फ उनले निरन्तर गरेको कार्यका लागि प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्रदान गर्न लागिएको बिहीवार दूतावासले जनाएको छ। अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमको आयोजना गरी मुस्कानलाई पुरस्कार हस्तान्तरण गर्नेछन्।

पोखरामा सर्वाधिक पुरस्कार राशीको फुटसल हुँदै

चैत दोस्रो साता पोखरामा पहिलो पटक नेपालमै सर्वाधिक पुरस्कार राशीको फुटसल प्रतियोगिता हुने भएको छ ।

पत्रकारिताका गुरु लालध्वज देउसा राईलाई 'पत्रकारिता दीर्घ सेवा पुरस्कार'

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले नेपालमा पत्रकारिताको अध्यापन थालनी गराउने लालध्वज देउसा राईलाई ५१ हजार १ सय ११ रुपैयाँ राशीको 'पत्रकारिता दीर्घसेवा पुरस्कार' प्रदान गर्ने भएको छ।

पाँडे र पौडेललाई भैरव पुरस्कार

नेपाली हाँस्यव्यङ्ग्य साहित्यका शिखर पुरुष भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कार वर्ष २०७६–७७ का लागि क्रमशः रामकुमार पाँँडे र राजाराम पौडेललाई प्रदान गरिने भएको छ।

अर्थशास्त्रको नोबेल अमेरिकीलाई

यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री पाउल मिल्ग्रोम र रोबर्ट विल्सनलाई प्रदान गर्ने निर्णय भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्