१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

पत्रकारिताका गुरु लालध्वज देउसा राईलाई 'पत्रकारिता दीर्घ सेवा पुरस्कार'

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले नेपालमा पत्रकारिताको अध्यापन थालनी गराउने लालध्वज देउसा राईलाई ५१ हजार १ सय ११ रुपैयाँ राशीको 'पत्रकारिता दीर्घसेवा पुरस्कार' प्रदान गर्ने भएको छ।  

भारतको कलकत्ता विश्वविद्यालयबाट पत्रकारिता विषयमा उच्च शिक्षा हासिल गरेपछि वि. सं. २०२२ मा नेपाल प्रवेश गरी पत्रकारिता गर्ने क्रममा वि. सं. २०३३ सालदेखि उनले त्रिभुवन विश्वविद्यालयअन्तर्गत रत्नराज्यलक्ष्मी क्याम्पसमा पहिलोपटक पत्रकारिता अध्यापनको थालनी गराएका हुन्।  

झण्डै आधा शताब्दी अनवरत रूपमा पत्रकारिता विषयको प्राध्यापनमा संलग्न रहँदै आएका पत्रकारिताका गुरु राईले 'प्राध्यापकले कहिल्यै पनि अवकाश लिँदैनन्' भन्ने उक्तिलाई चरितार्थ गरेका छन्। 'हातखुट्टा लागेसम्म र दक्षिणाका रूपमा बसभाडा पाएसम्म पढाउन जान छोड्दिनँ' भन्ने उनको दृढ अठोटबाट हजारौँ विद्यार्थी र अध्यापकहरूलाई प्रेरणा मिलेको इञ्जाले बताएको छ। नेपाली पत्रकारिताको इतिहासमा एउटा कोशेढुंगा बनेका राईलाई पुरस्कृत गर्न पाउँदा इञ्जाले गौरव महसुस गरेको जनाएको छ।

पत्रकारिताका गुरु राईप्रति अझ सम्मान व्यक्त गर्दै पुरस्कारको राशीमा थप गर्न संस्थागत वा व्यक्तिगत इच्छा भएमा इञ्जा सहकार्यका लागि समेत तयार भएको जानकारी गराएको छ।

प्रकाशित: १६ फाल्गुन २०७७ ०२:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App