७ वैशाख २०८१ शुक्रबार
कला

साहित्यपोस्ट उत्तम कृति पुरस्कारका लागि १० पुस्तक छानिए

साहित्यपोस्ट इ दैनिक पत्रिकाले प्रदान गर्ने ५० हजार रूपैयाँ राशिको पहिलो सिर्जना पुरस्कारका लागि सर्वोत्कृष्ट १० कृति सार्वजनिक गरेको छ।

'साहित्यपोस्ट उत्तम कृति पुरस्कार २०७७' का लागि उत्कृष्ट १० कृतिको नाम सार्वजनिक गरिएको हो। २०७७ सालमा वर्षभरि पहिलो पटक प्रकाशित नवोदित लेखकहरूका आख्यान, गैरआख्यान तथा काव्यका क्षेत्रमा प्रकाशित कृतिहरूमध्येबाट छानेर सर्वोत्कृष्ट कृतिलाई यो पुरस्कार दिइने साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले जनाएका छन्।  

पुरस्कारका लागि अन्तिम छनोट र उत्कृष्ट १० मा छानिएका पुस्तकहरूमा सुरेश बडालको कथा सङ्ग्रह “रहर”, लक्ष्मण अधिकारीको कथा सङ्ग्रह “मर्फिन”, प्रेमबहादुर बोहोराका संस्मरणात्मक कृति “कोग्ले”, पोस्तक श्रेष्ठको कथा सङ्ग्रह “मुन्नी”, केदार वाशिष्ठको नेपाली भाषा, लिपि, संस्कृति र संस्कारसँग सम्बन्धित अनुसन्धानात्मक कृति “नेपाल विद्या” रहेका छन्।

यसैगरी अन्य पुस्तकहरूमा लता केसीको लघुकथा सङ्ग्रह ‘चोटदेखि मृत्युसम्म’, प्रशान्त शर्माको उपन्यास ‘रूखहरूको मृत्यु’, प्रकाश सुवेदीको उपन्यास ‘आशा छ’, नमिता दवाडीको कविता सङ्ग्रह “जीवन नदीको किनारै किनार” र सरला गौतमको उपन्यास “डुमेरो” परेका छन्।

साहित्यपोस्ट उत्तम कृति पुरस्कार आउँदो वैशाख पूर्णिमाका दिन एक विशेष कार्यक्रमका बीच वितरण गरिने जनाइएको छ।

प्रकाशित: ७ वैशाख २०७८ १०:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App