६ आश्विन २०८१ आइतबार
image/svg+xml

कृषि मन्त्री भुसाल र दक्षिण कोरियाली राजदुत तइयोङबीच कृषि विकास बारे छलफल

कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क तइयोङका बीचमा शिष्टाचार भेटवार्ता भएको छ।

कर्णाली नदी बस्तीमा पस्ने जोखिम : उच्च सतर्कता अपनाउन आग्रह

कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क)नजिक कर्णाली नदीले कटान तीब्र बनाएको छ। नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो। पार्क क्षेत्रमा कर्णाली नदी तटबन्धन भत्किएमा टीकापुरको वडा नं ५, ६, ७, ८ र ९ वडा पूरै डुबान तथा कटानमा पर्ने देखिन्छ।

निर्माण सकिन नपाउँदै भत्कियो पोखराको महेन्द्रपुलस्थित साँघुमुख पार्कको पर्खाल

पोखरा महानगरपालिका–९ महेन्द्रपुलस्थित निर्माणाधीन साँघुमुख पार्क संरक्षणका लागि रड र सिमेन्ट प्रयोग गरेर बनाइएको कंक्रिट पर्खाल भत्किएको छ।

नयाँबसपार्कमा यात्रुको झोला तान्दा...

नेपाल प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा यात्रुको झोला जथाभावी तानेर यात्रुलाई दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँबसपार्कमा यात्रुको झोला तानेर दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरी कारबाही गर्दै आएको छ।

पोखराः पृथ्वीचोक क्षेत्रको सडकमा ‘नो पार्किङ’

पोखरा बसपार्क क्षेत्रको सडकमा अबदेखि सवारी पार्किङ गर्न नपाईने भएको छ। पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रमा पर्ने पृथ्वीचोकदेखि सेतीपुल (चाईनापुल)सम्मको सडकमा पार्किङ गर्न रोक लगाएको हो।

पोखरा बसपार्क क्षेत्रको सडकमा पार्किङ निषेध

पृथ्वी चोकेदेखि सेती पुल (चाइना पुल) सम्म सडक छेउमा पार्किङ गर्न निषेध गरिएको पोखरा महानगरपालिकाले जानकारी दिएको छ।

पोखरा बसपार्क क्षेत्रको सडकमा भोलिदेखि पार्किङ निषेध

पोखरा बसपार्क क्षेत्रका सडक छेउमा भोलिदेखि पार्किङ निषेध गरिएको छ। पृथ्वी चोकेदेखि सेती पुल (चाइना पुल) सम्म सडक छेउमा पार्किङ गर्न निषेध गरेको पोखरा महानगरपालिकाले जानकारी दिएको छ।

पार्कमा नियमित फूल चढाउने आमा

ललितपुरको भट्टेडाँडामा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान २०४९ असोज १२ मा दुर्घटना हुँदा ज्यान गुमाउनेहरूको सम्झनामा पार्क निर्माण गरिएको थियो। दुर्घटनामा विभिन्न देशका १ सय ६७ व्यक्तिले ज्यान गुमाएका थिए ।

पशुपतिनगर नाकामा सूचना केन्द्र र ट्याक्सी पार्क

भारतीय सीमाक्षेत्र पशुपतिनगर बजारमा पर्यटन सूचना केन्द्र र ट्याक्सी पार्क निर्माण गरिएको छ। सूर्याेदय नगरपालिकाले निर्माण गरेका केन्द्र र पार्क आज उद्घाटन गरिएका छन्।

काठमाडौंमा पार्किङ शुल्क निर्धारण, प्रतिघण्टा मोटरसाइकलको २५ गाडीको ७५ रुपैयाँ

महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले दुई पाङग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङग्रे सवारी साधनको प्रतिघण्टा ७५ रुपैयाँ पार्किङ शुल्क निर्धारण गरिएको जानकारी दिएकी हुन्।

सुविधा सम्पन्न कोहलपुर बसपार्क साउनदेखि सञ्चालनमा आउने

बाँकेको कोहलपुरमा नवनिर्मित अत्याधुनिक बसपार्क साउनको पहिलो हप्ताबाट सञ्चालनमा आउने भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले एक कार्यक्रमबीच उद्घाटन गरेपछि लामो दूरीमा सञ्चालन हुने बस उक्त बसपार्कबाट सञ्चालनमा आउने भएका हुन्।

अज्ञात व्यक्तिद्धारा पार्किङ गरेको अटोमा आगलागी

जुम्लाको गुठिचौर गाउँपालिका –४ वालुमा पार्किङ गरि राखिएको अटोआगलागी भएको हो। वडा नम्बर ४ बालुमा पार्किङ गरिएको अटोमा अज्ञात व्यक्तिद्धारा आगलागी भएको प्रहरी चौकि धवलमुडीका इन्चार्ज जगत ऐरले बताए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग

पोखरा उद्योग वाणिज्य सङ्घले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग गरेको छ।

झोला तान्नेदेखि गाडी घेराउसम्म

पोखरा आउने पर्यटकको मुख्य प्रवेशद्वार पृथ्वीचोक हो। सडक तथा हवाई मार्गबाट आउने जोकोही यही चोकबाट पोखराको मुख्य शहरीक्षेत्रमा प्रवेश गर्नुको विकल्प छैन।

आधा शताब्दी पुग्न लाग्दा पनि अधुरै

बसपार्क निर्माण नहुनुमा राजनीतिक दलहरूको पनि धेरथोर भूमिका छ। किनकि बसपार्क बन्दा जग्गा अतिक्रमण गरेर बसेका केही सुकुम्बासी हटाउनुपर्ने हुन्छ। तिनीहरूलाई उठाउँदा वर्षौंदेखिको भोट बैंक भत्किने त्रास दलहरूमा छ। यसमा प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र नै अघि छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्