६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

पोखरा बसपार्क क्षेत्रको सडकमा पार्किङ निषेध

फाइल तस्बिर।

पोखरा बसपार्क क्षेत्रका सडक छेउमा आजदेखि पार्किङ निषेध गरिएको छ। पृथ्वी चोकेदेखि सेती पुल (चाइना पुल) सम्म सडक छेउमा पार्किङ गर्न निषेध गरिएको पोखरा महानगरपालिकाले जानकारी दिएको छ।

महानगरको यातायात व्यवस्थापन समितिका उपाध्यक्ष समेत रहेका पोखरा–१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले जिल्ला सुरक्षा समितिको शुक्रवार बसेको बैठकले पृथ्वी चोकको सडक छेउको पार्किङ हटाउने निर्णय गरेको जानकारी दिए। ‘सबै एकदमै हतारमा भयो। तर पनि महानगरले त्यसको व्यवस्थापन गर्दैछ’, उनले भने।

बसपार्क राजमार्गसँगै जोडिएकाले सडक छेउमै साना, ठुला सवारी साधन पार्किङ गर्दा समस्या भएको महानगरको भनाइ छ। ‘क्यु मा बस्ने लामो दूरीका बस मात्रै बाहिर राखिन्छ। बाँकी सबैलाई भोलिबाटै सडकमा पार्किङ नगर्न सूचना जारी गरेका छौँ’, तिमिल्सिनाले भने।

यस अघि पोखरा महानगर पालिकाले गत माघ १९ गते एक सूचना जारी गरेर पोखराको न्युरोड क्षेत्रमा सडक छेउमा पार्किङ पूर्ण रुपमा बन्द गरेको जानकारी गराएको थियो। तर उक्त निर्णय २ दिन नबित्दै फिर्ता भएको थियो।

प्रकाशित: ७ श्रावण २०८० ०४:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App