६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

अज्ञात व्यक्तिद्धारा पार्किङ गरेको अटोमा आगलागी

जुम्लाको गुठिचौर गाउँपालिका –४ वालुमा पार्किङ गरि राखिएको अटोआगलागी भएको हो। वडा नम्बर ४ बालुमा पार्किङ गरिएको अटोमा अज्ञात व्यक्तिद्धारा आगलागी भएको प्रहरी चौकि धवलमुडीका इन्चार्ज जगत ऐरले बताए। 

उनका अनुसार अटो पुर्णरुपमा जलेर नष्ट भईसकेको छ। टिभिएस कम्पनिको क १ ह ५३ नम्वरको अटो आगलागी हुर्दा ६ लाख ५० हजारको क्षेति भएको मालिक कृष्ण अधिकारीले बताए। वुधबार विहान ३ वजेतिर थाहाँ पाएको र प्रहरी आधा घण्टापछि पुगेर आगो नियन्त्रणमा लिएको अधिकारीले बताए । प्रहरी खबर पाउने बित्तिकै त्यहाँ पुगेको थियो। घटनाको अनुसन्धान हुने प्रहरीको भनाइ छ।

प्रकाशित: २७ असार २०८० ०७:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App