२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सरकारले बोलायो पूर्वप्रधानमन्त्री सहितको सर्वदलीय बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। फैलदो कोरोना संक्रमण रोकथाम तथा सीमा समस्याबारे विषयमा छलफल गर्न बुधबार ४ बजे सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

किन दिँदैछ नेपालले चीनलाई कुटनीतिक नोट ?

दक्षिणको छिमेकी भारतबीच लिपुलेकको स्वामित्वका विषयमा विवाद बढिरहेका बेला नेपालले यही विषयमा उत्तरको छिमेकी मुलुक चीनलाई पनि कुटनीतिक नोट बुझाउँदै छ।

भारतीय हस्तक्षेपविरुद्ध सुर्खेतमा विरोध

लिपुलेक सडक विस्तार बन्द गर, कालापानीबाट सेना फिर्ता गरलगायतका नारा लगाउँदै वीरेन्द्रनगरस्थित पीपल चौतारा नजिकै उक्त विरोध गरिएको हो । उक्त विरोध र्यालीमा धेरै सर्वसाधारणको सहभागिता थिएन । विरोध र्यालीमा सहभागी हुँदा प्रहरीले पक्राउ गर्ने डर त्रासका कारण थोरैले सांकेतिकस्वरूव लुकीछिपी विरोध जनाएको उक्त र्यालीमा सहभागी कमलप्रसाद पौडेलले जानकारी दिए ।

राष्ट्रियसभा शून्य समयः सीमामा काँडेतार वा पर्खाल लगाउन माग

राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरुले नेपाल भारतसीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने माग गरेका छन्। सीमा क्षेत्रमा रहेका नागरिकहरुलाई भारतीय गतिविधिहरुले आक्रान्त बनाएको उल्लेख गर्दै सांसदहरुले काँडेतार वा पर्खाल लगाउन माग गरेका हुन्।

भारतीय कन्टेनरले महामारी फैलाउन सक्ने त्रास

खाद्यान्न, तरकारी र फलफूल बोकेर भारतबाट आउने कन्टेनरका कारण रुपन्देहीमा कोरोना संक्रमणको जोखिम बढेको छ । दैनिक करीब १६० भैरहवा भन्सार कार्यालयमा भित्रिने कन्टेनर तथा ट्रकका कारण महामारी फैलिने सक्ने भन्दै सीमा क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् ।

नेपालले चीनलाई पनि लिपुलेकबारे कूटनीतिक नोट बुझाउने

‘चीनका लागि नेपाली राजदूतले सम्भवतः बुधबार बेइजिङलाई स्थितिबारे अवगत गराउँदै कूटनीतिक नोट बुझाउनेछन्,’ उच्च कूटनीतिक स्रोतले नागरिकलाई भन्यो, ‘हामीले भारत र चीनबीच सन् २०१५ मा लिपुलेक भञ्ज्याङ हुँदै व्यापार मार्ग खोल्ने निर्णयको विरोध यसअघि नै गरिसकेका छौं ।’

नेपाली भूमि अतिक्रण हुनुमा सबै सरकार जिम्मेवार: परिवार दल

नेपाल परिवार दलले नेपालको सुदूरपश्चिममा भारतीय पक्षबाट गरिएको सीमा अतिक्रण विरुद्ध प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ।

छाङरुका लागि सेनाको हेलिकप्टरमार्फत जाँदै सशस्त्र प्रहरी

चारदिनअघि भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेपछि यसको सर्वत्र विरोध भइरहेको छ ।

भारतीय राजदूतावास अगाडि प्रदर्शन, अधिकारकर्मी पहाडीसहितका व्यक्ति नियन्त्रणमा

लिपुलेक क्षेत्र अतिक्रमण गरेर भारतले सडक बनाएको विरोधमा भारतीय राजदूतावास अगाडि प्रदर्शन गर्न पुगेका मानव अधिकारकर्मी कृष्ण पहाडीसहितका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सीमामा लुकिछिपी प्रवेश (अपडेट)

नेपाल–भारत सीमा बन्द गरिए पनि बर्दियामा नेपाल–भारत सीमानाकामा लुकिछिपी नेपाल प्रवेशक्रम रोकिएको छैन । बर्दियाको राजापुर नगरपालिकामा ११ वर्षीया बालिकालाई कोरोना पोजेटिभ पुष्टि भएकै दिन मानिसहरु भारतबाट लुकिछिपी बर्दिया प्रवेश गरेका छन् ।

छिमेकी आफैँ असुरक्षित नबनून्

विश्वकै प्रथम आर्थिक महशक्तिको स्थान ओगट्न एक÷डेढ दशक मात्र बाँकी रहेको चीन आफ्ना भरपर्दा मित्रहरूको पहिचान गर्न विशेष अभ्यासमा लाग्नुपर्ने अवस्थामा छ।

एसएसबी खेदाउँछ, सशस्त्र फर्काउँछ (अपडेट)

रुपन्देहीको कोटहीमाई गाँउपालिका–१ रामनगरका उदयराज लोध र अशोक लोध गत मंसिरमा मजदुरीका लागि भारत गएका हुन्। मुम्बईको कपडा उद्योगमा ६ महिना काम गर्न नपाउँदै कोरोनाको त्रास फैलियो। उद्योग बन्द भयो।

सरकारले भारतीय राजदूतलाई बुझायो कूटनीतिक नोट

नेपालको भूमि लिपुलेकमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरेका विषयमा सरकारले काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई कूटनीतिक नोट बुझाएको छ।

नेपाली भूमिमा भारतीय अतिक्रमण, अन्तर्राष्ट्रियकरण गर्न माग

सन १९६२ मा भारत र चिन युद्ध हुदाँ नेपालले भारतलाई कालापानीमा सेना राख्न अनुमति दिएको हो। सामरिक रुपमा कालापानी महत्वपूर्ण देखेपछि भारतले त्यसपछि सेना तेहावाट फिर्ता लगेको छैन।

सामाजिक संजाल बन्यो विरोध गर्ने माध्यम

नेपाली भूमिमा भारतले सडक निर्माण गरेर उद्घाटन गरेपछि विवाद उत्पन्न भएको छ। भारतले अन्तराष्ट्रिय सीमा सम्बन्धी नियमको उल्घन गरेको भन्दै नेपालमा विरोध सुरु भएको हो। नेपालका केहि विद्यार्थी संगठनले लकडाउनको उल्घन गदै सडकमा आउन समेत प्रयास गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्