१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भारतीय राजदूतावास अगाडि प्रदर्शन, अधिकारकर्मी पहाडीसहितका व्यक्ति नियन्त्रणमा

लिपुलेक क्षेत्र अतिक्रमण गरेर भारतले सडक बनाएको विरोधमा भारतीय राजदूतावास अगाडि प्रदर्शन गर्न पुगेका मानव अधिकारकर्मी कृष्ण पहाडीसहितका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउन उल्लङ्घन गरेकाले उनीहरुलाई नियन्त्रणमा लिएर नगर प्रहरीमा राखिएको प्रहरीले जनाएको छ ।

काठमाडौँमा पहाडीसहित लकडाउन उल्लङ्घन गर्ने ५१ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमखु प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिP। उनीहरुलाई दिनभर राखेर छाडिने जनाइएको छ ।

यो पनि पढ्नुहोस्

भारतीय राजदूतावास अगाडि प्रदर्शन (फाेटाेहरू)

केहीदिनअघि भारतले सीमा अतिक्रमण गरेको विरोधमा उत्रिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विद्यार्थी नेतासहित ३३ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो । विभिन्न क्षेत्रमा सीमा अतिक्रमणको विरोध भइरहेको छ । सरकारले सडक बनाएको विषयमा कूटनीतिक नोट पठाउँदै शान्तिपूर्णरुपमा विवाद समाधानका लागि भारतलाई आह्वान गरेको छ । सरकारले उक्त क्षेत्र नेपालको भूमि भएको प्रष्ट पारिसकेको छ ।

प्रकाशित: ३० वैशाख २०७७ ०९:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App