coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

नेपाली भूमि अतिक्रमण स्वीकार्य हुँदैनः गृहमन्त्री अधिकारी

गृहमन्त्री खगराज अधिकारीले नेपाल सदियौंदेखि स्वतन्त्र र सार्वभौम राष्ट्र भएको बताएका छन्। त्यसलाई बचाइराख्न कतैबाट पनि नेपालको एक इन्च पनि कसैलाई अतिक्रमण गर्न नदिइने प्रष्ट पारे।

‘भूमि अतिक्रमण हुँदा पनि सरकारी मौनता लज्जास्पद’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा छिमेकी देश चीनले नेपाली भूमि अतिक्रमण गर्दा पनि सरकारी मौनता राष्ट्रघात भएको जनाएको छ।

नेपाली भूमिमा संरचना बनाउँदै भारतीय

बाँकेस्थित नेपाली भूमिमा आएर भारतीयले भौतिक संरचना निर्माण गर्न थालेका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ मा पर्ने खयरभट्टीस्थित बाँसखोली नाकामा भारतीय आएर संरचना निर्माण गर्न थालेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार भारतीय नागरिकले नेपाली भुमीमा मन्दिर बनाउन खोजेका छन् ।

भारतबाट अतिक्रमित नेपाली भूमि फिर्ता गराउन माग

समाजवादी पार्टी खोटाङले भारतबाट अतिक्रमित नेपाली भूमि फिर्ता गराउनका लागि पहल कदमी लिन नेपाल सरकार समक्ष माग गरेका छन् । बिहीबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै समाजवादी पार्टीले नेपाली भूमि लिपुलेक क्षेत्रमा सडक निर्माणकाक्रममा भारतबाट अतिक्रमण भएको भूमि यथाशिघ्र फिर्ताका लागि पहल गर्न माग गरेको हो ।

पश्चिम सेतीमा टुकी बाल्दै, सरकार खोज्दै

पुलको दुईपट्टी नाराहरु उल्लेखित तोरणहरु टाँगिएका छन् । बीचमा लहरै दिउँसै सात सय ५० टुकीहरु धिपधिपाउदै छन् । पुलको रेलिङ्गमा ठूला अक्षरले तीन चारवटा व्यानर टाँसिएका छन् । जसमा लेखिएका नाराहरुले त्यहाँ उपस्थित हककोहीको मन छुन्छ ।

नेपाली भूमिमा भारतीय अवरोध

स्थानीय कुवलीयती बन समूह मार्फत पाँचथरको फालेलुङ गाँउपालिका–६ मा पर्ने आहाल भन्ने ठाँउमा पर्यटकिय संग्रहालय भवन निर्माणको काम अघि बढाउन भारतीय सुरक्षाकर्मीले रोकेका छन् । काम अघि बढाउन नदिएसँगै सो क्षेत्रमा बाक्लो संख्यामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गस्ती गर्न थालेको छ ।

नेपाली भूमिमा भारतीय हस्तक्षेप (अपडेट)

नेपाली भूमिमा भवन निर्माणको काम सुरु गर्न खोज्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले रोकेको छ । भारतको सीमा नजिक पर्ने पाँचथरको उत्तरी फालेलुङ गाँउपालिका–६ मा पर्ने आहाल भन्ने ठाँउमा निर्माण गर्न लागिएको संग्रहालय भवन निर्माण गर्न एसएसबीले रोकेको हो ।

असफल हुँदै ओली सरकार

छिमेकीले आफ्नो भूमिमा लामो समयदेखि बाटो खन्दै आएको थाहा प्रमलाई नहुनु भनेको, यदि यो सत्य हो भने मुलुकमा थप जटिलता निम्तने देखिन्छ । यसबाट ओली सरकारको शासन क्षमतामाथि समेत गम्भीर प्रश्न उठेको छ ।

सीमा मिचेको विरोध गर्ने ५ जना नियन्त्रणमा (अपडेट)

नेपाली भूमि मिचेको विरोध गर्दै भोजपुरे देशभक्त राष्ट्रवादी जनपक्षिय युवा समूहका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतले लिपुलेक र कालापानी क्षेत्रमा जथाभावी सडक बनाएको भन्दै विरोध गर्ने केहि प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो । प्रक्राउ पश्चात जिल्ला प्रहरी कार्यालय लगिएको उनिहरुलाई नेपाल पत्रकार महासंघको रोहवरमा केहिपछि छाडिएको हो ।

भारतीय हस्तक्षेपविरुद्ध सुर्खेतमा विरोध (अपडेट)

भारतले नेपालको भूमि मिचेर चीनको मानसरोवरसम्म जाने सडक निर्माण गरेको भन्दै सुर्खेतमा विरोध गरिएको छ । सुर्खेतका तेजबहादुर शाहीको नेतृत्वमा उक्त विरोध र्‍याली निकालिएको हो ।

भारतीय हस्तक्षेपविरुद्ध सुर्खेतमा विरोध

लिपुलेक सडक विस्तार बन्द गर, कालापानीबाट सेना फिर्ता गरलगायतका नारा लगाउँदै वीरेन्द्रनगरस्थित पीपल चौतारा नजिकै उक्त विरोध गरिएको हो । उक्त विरोध र्यालीमा धेरै सर्वसाधारणको सहभागिता थिएन । विरोध र्यालीमा सहभागी हुँदा प्रहरीले पक्राउ गर्ने डर त्रासका कारण थोरैले सांकेतिकस्वरूव लुकीछिपी विरोध जनाएको उक्त र्यालीमा सहभागी कमलप्रसाद पौडेलले जानकारी दिए ।

लिपुलेकको सडक खारेजीको माग गर्दै सात संघ संस्थाले पठाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र (अपडेट)

भारतले एकतर्फी रुपमा मिचेको नेपाली भूमि फिर्ता गरियोस भन्दै नागरिक समाज लगायतका सात वटा संघ संस्थाहरुले सयुक्त रुपमा ज्ञापन पत्र जारी गर्दै प्रधानमन्त्रीलाई पठाएका छन् । नागरिक समाज, जिल्ला अदालत बार ईकाई, गैसस महासंघ, उद्योग वाणिज्य संघ, निर्माण व्यवसायि संघ, पत्रकार महासंघ र होटेल व्यवसयि संघ डडेल्धुराले सयुक्त रुपमा ज्ञापन पत्र जारी गर्दै लिपुलेक नेपालको भूमि भएको बुँदासहित उल्लेख गर्दै सात बुँदे मागसहितको सुझावको ज्ञापनपत्र मंगलबार प्रधानमन्त्रीलाई पत्र पठाईएको हो ।

भारतीय राजदूतावास अगाडि प्रदर्शन, अधिकारकर्मी पहाडीसहितका व्यक्ति नियन्त्रणमा

लिपुलेक क्षेत्र अतिक्रमण गरेर भारतले सडक बनाएको विरोधमा भारतीय राजदूतावास अगाडि प्रदर्शन गर्न पुगेका मानव अधिकारकर्मी कृष्ण पहाडीसहितका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्