२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सीमा विवाद र रुकुम घटनाको विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाका सांसदहरुले सीमा विवाद समाधान र रुकुम घटनाको छानबिन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरुले रुकुममा भएको अमानवीय घटना र सीमा विवाद समाधानको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

पश्चिमी सीमा नाका हुँदै एक हजार भारतीय नागरिक घरतर्फ लागे

वैधानिकरूपमा सीमा नाका गड्डाचौकी खुला गरिएपछि छ दिनको अवधिमा ती भारतीय नागरिक सो नाका भएर घर गएका हुन ।

फेनरा नाकामा सशस्त्रको हवाईफायर

आइतबार बिहान सीमापारिबाट आएको ४०/५० जनाको समूहले आक्रमणसहित हतियार खोस्ने प्रयास गरेपछि विष्णु गाउँपालिका–५ फेनरा बजारस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट–पोस्टको टोलीले एक राउन्ड हवाईफायर गरेको हो ।

सीमा नाका पुगेका नेपालीलाई वर्षाले समस्या

लगातारको वर्षाका कारण भारतका विभिन्न शहरबाट कैलालीको त्रिनगर भन्सार सीमा नाकामा पुगेका नेपालीहरुको बिजोग भएको छ।

अतिक्रमणबारे विभिन्न भाषामा भिडियो

नेपालको भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरामा भारतले अतिक्रमण गरेको विषयमा अन्तर्राष्ट्रिय जगत्लाई जानकारी गराउने उद्देश्यले विभिन्न भाषामा भिडियो सन्देश निर्माणको अभियान सुरु भएको छ।

नेपालसँगको असमझदारी आपसमा बसेर सुल्झाउँछौं : भारतीय रक्षामन्त्री

नेपाल र भारतबीच सीमा क्षेत्रको भूभागको स्वामित्वलाई लिएर विवाद बढिरहेको बेला भारतीय रक्षामन्त्री राजनाथ सिंहले यसलाई दुई मुलुक बसेर समाधान खोज्ने बताएका छन्।

परिपक्व र जिम्मेवार कूटनीति प्रदर्शन गर्न नेपाललाई सुझाव

नेपाल भारत सम्बन्ध बिग्रिँदा त्यसको असर नेपालमा मात्र नभएर भारतमा पनि उत्तिकै पर्छ। त्यसैले समस्या समाधान गर्न भारतबाटै सकारात्मक र रचनात्मक प्रयास हुनुपर्छ: विज्ञ

नाभी, गुञ्जी र कुटीबासीले २०३५ सालसम्म बाली बुझाउँथे

हालै अद्यावधिक गरिएको नयाँ नक्साभित्र समेटिएका गुञ्जी, नाभी र कुटीबासीले २०३५ सालसम्म नेपाल सरकारलाई बाली बुझाउँदै आएको तथ्य र प्रमाणहरू भेटिएको छ ।

भारतसँग वार्ताको मिति तय भैसकेको छैन : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सीमा समस्याको समाधानका लागि प्रयत्न गरिरहेको तर ठोस मिति तय भइनसकेको बताएका छन्। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा भारतसँग औपचारिक वार्ताको मिति र मोडालिटी तय भइनसकेको बताएका हुन्।

सीमा विवाद समाधानका लागि सकारात्मक र रचनात्मक प्रयास आवश्यक : भारत

नेपालसँग सीमावर्ती भूभागको स्वामित्वलाई लिएर विवाद चर्किरहेका बेला भारतले विवाद समाधानका लागि सकारात्मक र रचनात्मक प्रयासको आवश्यकता औल्याएको छ। नेपालको भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथिको स्वामित्वका विषयमा दुई मुलुकबीच विवाद चर्किदै गएको अवस्थामा भारतको यस्तो धारणा आएको हो।

भारतबाट फर्किने नेपालीका लागि प्रवेश नाका तोकियो

सरकारले भारतबाट फर्किने नेपाली नागरिकका लागि प्रदेश २ मा प्रवेश नाका तोकेको छ । भारतबाट फर्किने नेपाली नागरिकको प्रवेश व्यवस्थित गर्न निश्चित नाका तोकिएको हो ।

सीमा सुरक्षा र सरंक्षण प्राथमिकतामा

सरकारले मुलुकको अन्तर्राष्ट्रिय सीमाको सुरक्षा तथा संरक्षणलाई प्राथमिकता दिँदै बजेट ल्याएको छ। छिमेकी मुलुक भारतसँग सीमा विवाद चर्किरहेका बेला सरकारले सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि रोक्न तथा तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बलका ३९ बोर्डर आउट पोस्ट स्थापना गर्न बजेट समेत छुट्याएको हो।

‘लाहुर्या आइग्या ! भाग’

भारतबाट फर्केकाहरु बाटैबाटो हिँडेर क्वारेन्टाइन जान लाग्दा डोटी, बडिकेदारकी धौली बिक ‘लाहुर्या (भारतबाट फर्केकाहरु) आइग्या ! भाग’ (लाहुरे आए ! भागौ) भन्दै साथीसँगीलाई सचेत गराइरहेकी थिइन् । कोरोनाको सन्त्रास छाएका बेला भारतबाट फर्केकाहरुलाई बाटो छोड्दै उनीहरु बाटो काटेर गए ।

सीमाबाट नागरिक ल्याउँदै गोरखाका स्थानीय तह

गोरखाका स्थानीय तहले भारतीय सीमामा अलपत्र परेका आफ्ना गाउँपालिकाबासीलाई ल्याउन सु? गरेका छन्। लकडाउन बढ्दै जाँदा भारत र सिमावर्ती जिल्लामा पालिका भित्रका नगारिक अलपत्र परेको गुनासो आउन थालेपछि यहाँका स्थानीय तहले उद्वार थालेका हुन्।

‘सीमाका समस्या सधैंका लागि समाधान गर’

नेपाल–भारत सीमामा रहेका ८ हजार ५ सय ५३ सीमास्तम्भमध्ये निर्माण, मर्मतसम्भार गर्नुपर्ने समयभित्र आवश्यक बजेट विनियोजन गर्न आयोगले सिफारिसमा भनेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्