८ वैशाख २०८१ शनिबार
राजनीति

भारतसँग वार्ताको मिति तय भैसकेको छैन : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सीमा समस्याको समाधानका लागि प्रयत्न गरिरहेको तर ठोस मिति तय भइनसकेको बताएका छन्।   संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा भारतसँग औपचारिक वार्ताको मिति र मोडालिटी तय भइनसकेको बताएका हुन्। भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र अतिक्रमण गरी सडक बनाएपछि नेपालले आफ्नो राजनीतिक नक्सा जारी गरेको थियो। भारतले नेपालले बनाएको नक्सा स्वीकार्य नहुने र कुटनीतिक संवादबाट समस्या समाधान गर्न आग्रह गरेपनि अहिले सम्म कुनै मिति र मोडालिटी तय नभएको मन्त्री ज्ञवालीले बताए। उनले सरकार मिति र मोडालिटीको पर्खाइमा रहको बताए। उनले भने ‘हामी त हरबखत वार्ताबाटै समस्या समाधानका लागि प्रयत्नहरु गरिराखेका छौं। अहिले औपचारिक वार्ताको ठोस मिति वा मोडालिटी तय भइसकेको अवस्था छैन। हामी निरन्तर टचमा छौं।’ उनले भूमि फिर्ता गर्ने गरी नै वार्ताको तयारी सरकारले गरेको समेत बताए। उनले भने ‘भूमि फिर्ता गर्ने गरिनै हामीले यि सबै कुराहरु गरेका हौं र वार्ता हामी गछौं, प्रतिक्षा गरिरहेका छौं वार्ताको औपचारिक डेटको।’

उनले सरकार वार्ताबाटै समस्या समाधान गर्नका लागि पूर्ण प्रतिबद्ध रहेको समेत बताए। उनले सिंगो देश एकवद्ध भएको अवस्थामा सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउन दृढताका साथ काम गरिराखेको र त्यसमा शंका नगर्न सांसदहरुलाई आग्रह गरे। संसदहरुले भने वार्ताको मिति र मोडालिटी अझैपनि तय हुन नसक्दा लामो समयसम्म भूमि फिर्ता हुन नसक्ने भन्दै गम्भिर हुन आग्रह गरेका छन्।

 

प्रकाशित: १६ जेष्ठ २०७७ १५:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App