२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको नेतामा आङ्देम्बे चयन

नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन भएका छन्।

सोमबार बसेको संसदीय दलको बैठकले आङ्देम्बेलाई दलको नेतामा निर्विरोध चयन गरेको हो। सोमबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उनलाई दलको नेता बनाउने सहमति भएको थियो।

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा दोस्रो दलमा खुम्चिएको कांग्रेसले अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको थिएन। अन्य सबै दलले संसदीय दलको नेता चयन गरिसके पनि आन्तरिक किचलोका कारण कांग्रेसले दलको नेता चुन्न सकेको थिएन।

प्रत्यक्ष र समनुपातिकतर्फ गरी जम्मा ३८ सिटमा खुम्चेको कांग्रेसमा दलको नेताका लागि अर्जुननरसिंह केसी, आङ्देम्बे र मोहन आचार्यको दाबी थियो।

प्रकाशित: १४ वैशाख २०८३ १५:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App