६ आश्विन २०८१ आइतबार
image/svg+xml

गृहमन्त्री मलाई फसाउनतर्फ लाग्नुभयोः रवि लामिछाने

सहकारी ठगी आरोप लागेका जेवि राईसँग जोडेर आफूलाई फसाउन गृहमन्त्रीले योजना नै बनाएको उनले आरोप लगाए।

शिव शिखर बहुउद्देश्यीय सहकारीको नाममा रहेको सम्पत्ती लिलामीबाट रोक्न माग

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका वचतकर्ताहरुले सहकारीको नाममा रहेको सम्पत्ती लिलामीबाट रोक्न माग गरेका छन्।

नेफ्स्कुनको अध्यक्षमा ढकाल निर्वाचित

देशभरका सहकारीको छाता संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को अध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्।

शुक्लागण्डकीमा युवासँग उपप्रमुख कार्यक्रम : युवालाई उत्पादनसँग जोडिने

तनहुँको शुक्लागण्डकी नगरपालिकामा युवासँग उपप्रमुख कार्यक्रम सञ्चालन हुने भएको छ।

डेढ वर्षपछि बल्ल साक्षी बुझ्न आदेश

विशेष अदालतले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा साक्षी बुझ्न आइतबार आदेश गरेको छ।

सहकारी पीडित धर्नामा

सङ्घीय सरकारको सहकारी विभाग र बागमती प्रदेश सरकार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, सहकारी महाशाखाले दिएको निर्देशनअनुसार बचत फिर्ता नगर्ने सहकारीका पीडितले धर्ना र विरोध प्रदर्शनलाई जारी राखेका छन्।

म्याग्दी सहकारीले सेयरधनीलाई ९.५ प्रतिशत लाभांश दिने

काठमाडौंमा १७ वर्ष पहिले स्थापना भएको म्याग्दी बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभाबाट पुनः थदेवी पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।

बुद्धोदय सहकारीको सेयर पुँजी दुई करोड ३१ लाख

बुद्धोदय बचत तथा ऋण सहकारी संस्था विराटनगरको सेयर पूँजी दुई करोड ३१ लाख रूपैयाँ पुगेको छ।

श्रमज्योति सहकारीको साधारणसभा

श्रमज्योति बचत तथा ऋण सहकारीको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष तीर्थराज न्यौपानेको सभापतित्वमा काठमाडौंमा सो सभा सम्पन्न भएको हो।

चाइना ट्रेड सहकारीको साधारणसभा

चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले आगामी चार वर्षको लागि नयाँ नेतृत्व सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।

७४ प्रतिशत नेपाली अझै बैंकको पहुँच बाहिर

देशभरिको कुल दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ जनसंख्यामध्ये ७४.४४ प्रतिशतको पहुँच बैंक तथा वित्तीय संस्थासम्म नरहेको सरकारी तथ्यांकले देखाएको छ ।

सहकारीमा रकम घोटाला: श्री एयरलाइन्सका क्यापटेनसहित ५ जना प्रहरी नियन्त्रणमा

खोटाङ प्रहरीले बचतकर्ताको रकम घोटला प्रकरणमा लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खोटाङको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई पक्राउ गरेको छ।

मैत्री सहकारीले २० प्रतिशत नगद लाभांश बाँड्ने

सहकारी संस्थाहरू संकटमा रहेका बेला पनि चौतारा साँगाचोकगढी नगरपालिका–७ कार्यक्षेत्र भएको मैत्री बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयर सदस्यलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

आत्मनिर्भर केन्द्रको सोह्रौं सामाजिक लेखाजोखा

सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले आर्थिक वर्ष २०७९÷८० मा करिब ९ करोड रूपैयाँ खर्च गरेको छ।

सहकारीमा बचतको सीमा २५ लाख हुने व्यवस्था हटाइयो

सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ मार्फत सहकारी ऐन २०७४ मा संशोधन गरेर व्यक्तिगत बचतको सीमा तोक्ने गरी राखिएको व्यवस्था हटाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्