५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

चाइना ट्रेड सहकारीको साधारणसभा

चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले आगामी चार वर्षको लागि नयाँ नेतृत्व सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।

राजेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा निर्वाचित सञ्चालक समितिमा उपाध्यक्ष अमरेशचन्द्र बैदार, सचिव सुब्बा श्रेष्ठलगायत सञ्चालकमा निर्वाचित भएको छ।

त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा रामेश्वर श्रेष्ठ र सदस्यहरूमा पदमबहादुर गुरुङ र सुदर्शन श्रेष्ठ निर्वाचित भएका छन्।

२९ जना संस्थापक सेयर सदस्य र ७० लाख सेयर पुँजीबाट १६ वर्ष अगाडि स्थापित यस संस्थाको २०८० असार मसान्तमा कुल सम्पत्ति ८४ करोड ६१ लाख रूपैयाँ पुगेको संस्थाले जनाएको छ।

प्रकाशित: ८ मंसिर २०८० ०२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App