६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

म्याग्दी सहकारीले सेयरधनीलाई ९.५ प्रतिशत लाभांश दिने

काठमाडौंमा १७ वर्ष पहिले स्थापना भएको म्याग्दी बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभाबाट पुनः थदेवी पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।

 शनिबार सामाखुशीमा सम्पन्न साधारणसभाबाट उपाध्यक्षहरूमा सुशीला शेरचन, थमबहादुर छन्त्याल, धनलाल जैसी, सचिवमा टकबहादुर थापा, कोषाध्यक्ष इन्द्रजित छन्त्याल, सहसचिवमा छकप्रसाद शेरचन र सदस्यहरूमा क्रमशः केशवबहादुर गौचन, लेपप्रसाद पुर्जा, गीताकुमारी रावल, खिमबहादुर गुरुङ, धनबहादुर भुजेल, हर्कनारायण घर्तीमगर, हेलेन श्रेष्ठ र लिलकुमारी रोका रहेका छन्।

साधारणसभाबाट लेखा समितिको संयोजकमा चित्रबहादुर पुन, सदस्यहरूमा मदन थापा र धनबहादुर छन्त्याल सर्वसम्मत निर्वाचित भएको सहकारीका कार्यकारी प्रमुख दिपबहादुर छन्त्यालले बताए।

साधारणसभाको उद्घाटन गर्दै म्याग्दी सहकारीका संस्थापक अध्यक्ष तथा सल्लाहकार एवं प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले काठमाडौंमा भएका म्याग्देलीहरूलाई संगठित भएर वित्तीय कारोबारका लागि स्थापना भएको सहकारी वित्तीयसँगै सामाजिक एवम् मानवीय सेवामा समेत सक्रिय भएको बताए।

अध्यक्ष थदेवी पुनद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन अनुसार दुई हजारभन्दा बढी सदस्य रहेको यस संस्थाको आव २०७९/८० मा सेयर पुँजीतर्फ सात करोड ९२ लाख, जगेडा कोषतर्फ सात करोड ७५ लाख, बचततर्फ ४१ करोड १६ लाख, कर्जा लगानीतर्फ ४२ करोड ८२ लाख र बाँडफाँट योग्य मुनाफा दुई करोड सात लाख रहेकाले ९.५ प्रतिशत सेयर लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ।

दुई हजारभन्दा बढी सदस्य रहेको यस संस्थामा बचत तथा ऋणमा योगदान गरी एक लाखको सेयर खरिद गरेका ४० जना सदस्यहरूलाई सेयर प्रमाण पत्र प्रदान गरिएको थियो।  

प्रकाशित: २६ मंसिर २०८० ०२:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App