१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

जब प्रहरी कन्ट्रोलबाट उपप्रधानमन्त्रीले पीडितलाई फोन गरे...

जिल्ला प्रहरी कार्यालयको कन्ट्रोलमा बसेर दैलेखका मोतीरामसँग कुरा गर्दै गरेका उपप्रधानमन्त्री खड्काले भने, 'तपाईंले दिनु भएको जाहेरी अनुसार अहिलेसम्म प्रतिवादी पक्राउ परेका छन्, थप प्रमाण बुझ्ने काम भइरहेको छ।'

मनाङमा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु

हिमाली जिल्ला मनाङ आउने क्रममा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिकी नागरिक ६९ वर्षीय चाल्स केथ डेभिज रहेका छन्।

दुई महिनामा सर्पदंशबाट ६ को मृत्यु

दाङमा गत साउन र भदौ महिनामा सर्पदंशबाट ६ जनाको मृत्यु भएको छ। सर्पदंशबाट एक महिला, तीन पुरुष र दुई बालबालिकाको मृत्यु भएको हो।

बाघको आक्रमणबाट महिलाको मृत्यु

बर्दियाको मधुवन नगरपालिका–३ धनौरास्थित जङ्गलमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट ५२ वर्षीया महिलाको मृत्यु भएको छ।

खोलामा करेन्ट लगाएर माछा मार्ने दुई जना पक्राउ

प्रहरीले गोरखामा खोलामा करेन्ट लगाएर अवैध रूपमा माछा मार्ने दुई जनालाई पक्राउ गरेको छ।

ड्युटीमा खटिएका प्रहरीसहित तिन जना मृत फेला

शनिवार ड्युटीमा खटिएका प्रहरी हवल्दारसहित तिन जना खोला छेउमा मृत फेला परेका छन्। दैलेख र सुर्खेतमा तिन जना मृत फेला परेपछि प्रहरीले अनुसन्धान थालेको हो।

नाबालकको हत्या आरोपमा आमाबाबु पक्राउ

बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिएका छन।

टेकुमा भगवती पाण्डेविरुद्ध प्रदर्शन गर्न पुगेका र प्रहरीबीच झडप (फोटोफिचर)

जिल्ला प्रहरीपरिसर घेराउ गर्न पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा अहिले टेकुको स्थिति तनावग्रस्त बनेको छ।

भ्रूण हत्या गर्न नमानेपछि गर्भवतीकै हत्या

कात्तिक २१ म हत्या गरिएकी सञ्जुको शव बेवारिसे अवस्थामा चैत २१ गते अर्थात् पाँच महिनापछि बेवारिसे अवस्थामा फेला परेको थियो। नदीमा माछा मार्न गएका स्थानीयले सडेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

दोहरो नागरिकताको अभियोगमा दुई जना पक्राउ

कञ्चनपुरमा दोहरो नागरिकता लिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका-५ का ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेका छन्।

दाइजो निहुँमा दुई महिलाको हत्या

दाइजोलाई लिएर सर्लाहीका दुई छुट्टाछुट्टै घटनामा दुई महिलाको हत्या भएको छ। सर्लाही हरिपुर नगरपालिका वडा नं ३ स्थित फरहदवा र वडा नं ६ स्थित लक्ष्मीपुरमा दुई महिलाको हत्या भएको हो।

ट्रकले ठक्कर दिंदा साइकलयात्रीको मृत्यु

चितवनमा ट्रकले ठक्कर दिंदा साइकलयात्रीको मृत्यु भएको छ। राप्ती नगरपालिका ४ स्थित पूर्व-पश्चिम राजमार्गमा गए राति पौने १० बजे पूर्वबाट आउदै गरेको बा.प्र. ०३–००१ ख १८६३ न. को ट्रकले ठक्कर दिंदा साइकलमा सवार ६५ बर्से हरि पाण्डेको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्