१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

ट्रकले ठक्कर दिंदा साइकलयात्रीको मृत्यु

चितवनमा ट्रकले ठक्कर दिंदा साइकलयात्रीको मृत्यु भएको छ। राप्ती नगरपालिका ४ स्थित पूर्व पश्चिम राजमार्गमा गए राति पौने १० बजे पूर्वबाट आउदै गरेको बा.प्र. ०३-००१ ख १८६३ न. को ट्रकले ठक्कर दिंदा साइकलमा सवार ६५ बर्से हरि पाण्डेको मृत्यु भएको हो।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पाण्डेलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। उनको टाउको, अनुहार,हात र खुट्टामा चोट लागेको थियो। उनी राप्ती ४ का स्थायी बासिन्दा हुन्। ठक्कर दिने ट्रक र ट्रक चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ।

प्रकाशित: १७ जेष्ठ २०८० ०४:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App