२१ आश्विन २०८१ सोमबार
image/svg+xml

'जनता मार्न पाइँदैन, मूल्य वृद्धि चाहिँदैन'

सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै अनेरास्ववियूले विरोध प्रदर्शन गरेको छ। नेपाल आयल नियगले एक साता नबित्दै दुई पटकसम्म इन्धनको मूल्य वृद्धि गरेको छ।

पेट्रोलियम पदार्थमा अचाक्ली करः खरिद मूल्यभन्दा कर धेरै

हरेक वस्तुको खरिद मूल्यमा राज्यले निश्चित प्रतिशत कर लिन्छ। त्यसमा व्यवस्थापन खर्च र केही प्रतिशत नाफा राखेर वस्तुको बिक्री गरिन्छ। तर यहाँ सुन्दा अचम्म लाग्न सक्छ। सरकारले पेट्रोलमा खरिद मूल्यभन्दा धेरै कर लिने गरेको छ। यसले गर्दा उपभोक्ता चर्को मूल्यमा इन्धन किन्न बाध्य छन्।

एक साता नबित्दै पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

नेपाल आयल नियगले एक साता नबित्दै फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। मंगलबार निगमले पेट्रोल, मट्टितेल, डिजेल र हवाई इन्धन (आन्तरिक) मा २ रुपैयाँ मूल्यवृद्धि गरेको हो।

खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य बढ्याे

नेपाल आयल निगमले खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

पेट्रोलियम पाइपलाइनः एउटा सञ्चालन, अर्कोको तयारी

नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन बनाउने विषय डेढ दशकदेखि उठे पनि लामो समयसम्म त्यसले मूर्त रूप लिन सकेन। नेपाल सक्दो छिटो पाइपलाइन बनाउन चाहन्थ्यो, भारतको नीति भने ठीक उल्टो देखिन्थ्यो। नेपालमा २०७२ को विनाशकारी भूकम्प र त्यसपछिका घटनाक्रमले भारत आफैं पाइपलाइन बनाउन अगाडि सर्‍यो।

अर्ब लगानीमा पेट्रोलियम तालिम केन्द्र

पेट्रोलियम प्रविधि तालिम लिन इन्डियन आयल कर्पोरेसन (आइओसी) जानुपर्ने बाध्यता अन्त्य गर्न नेपाल आयल निगमले अत्याधुनिक पेट्रोलियम तालिम केन्द्र निर्माण गर्ने भएको छ।

पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य बढ्याे

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। सोमबार राती १२ बजेबाट लागू हुनेगरी निगाले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको हो।

पेट्रोलियम व्यवसायको चेतवानी: कमिसन नबढाए मूल्य बढाएर बेच्ने

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्री गरेबापतको कमिसन चार वर्षदेखि नबढाउँदा व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै पेट्रोलियम व्यवसायीले आफैं मूल्य बढाएर इन्धन बिक्री गर्ने घोषणा गरेका छन्।

एक महिनामै पाइपबाट १० करोड लिटर डिजेल आयात

नेपाल आयल निगमले एक महिना मै पेट्रोलियम पाइपबाट १० करोड लिटर (एक लाख किलोलिटर) डिजेल ल्याउन सफल भएको छ। पाइपलाइन सञ्चालन भएपछि निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट डिसेम्बर महिनामा मात्रै १० करोड लिटर डिजेल आयात गरेको हो। यो पाइपलाइन निर्माण सम्पन्न भएपछि पहिलो पटक अहिलेसम्म कै धेरै परिमाण हो।

थप सवा दुई अर्ब लिन इण्डियन आयलको दबाब

आइओसीले नेपालमा युरो–६ मापदण्डको तेल पठाउँदा लागत बढेको दाबी गर्दै लिटरमा ५६ पैसा भारु (८९ पैसा नेपाली) मूल्य बढाएर सूची पठाएको छ। यसअनुसार भुक्तानी दिने हो भने नेपालले वार्षिक सवा दुई अर्ब रुपैयाँ बढी भुक्तानी दिनुपर्ने हुन्छ।

पाइपबाट आधा अर्ब लिटर डिजेल आयात

पाइपबाट ल्याउन थालेपछि परिमाण र गुणस्तर सुनिश्चित भएको, ढुवानी भाडा र समय बचेको तथा प्राविधिक नोक्सानी र चुहावट रोकिएको निगमले जनाएको छ।

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ बढेको भन्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि व्यवहारिक छ : निगम

नेपाल आयल निगमले पछिल्लो समय पेट्रोलियम पदार्थमा व्यवहारिक रुपमा नै मूल्य वृद्धि भएको बताएको छ । दशदिनको अवधिमा दुई पटक मूल्य वृद्धि गरेको भन्दै आलोचना भइरहेको बेला निगमले 'अटो प्राईसिङ’ भन्दपनि व्यवहारिक रुपमा समायोजन भएको बताएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्