१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

पश्चिमी वायुको प्रभाव केही स्थानमा वर्षा र हिमपातको सम्भावना

विभागका मौसमविद् शान्ति कँडेलले पश्चिमी वायुको प्रभावले बेलुकासम्म कायम रहने जानकारी दिए। उनका अनुसार मंङगलबारदेखि मौसम सफा हुनेछ। हाल देशका पश्चिमी पहाडी भूभागमा पूर्ण बदली रही अन्य पहाडी भेगमा सामान्य बदली छ।

विप्लव समूह शान्ति प्रक्रियामा आउँदा जुम्लावासी खुसी

नेकपा विप्लव समूह शान्ति प्रक्रियामा आउँदा जुम्लावासी खुसी भएका छन्। विप्लव समूह भूमिगत अवस्थामा हुँदा मुलुकमा फेरि युद्ध चल्ने चिन्ताले आजित जुम्लावासी शान्ति प्रक्रियामा आएसंगै ढुक्क भएका हुन्।

शान्तिपूर्ण मार्गमा हिँड्ने विप्लवको प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार शान्तिपूर्ण राजनीतिमा पौडिन आएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रति प्रशंसाका शब्दहरू समर्पण गरे। उनीभन्दा अघि बोलेका महासचिव चन्दले ‘घाम र जुनको पनि भेट हुने रैछ’ भन्दै आफूहरूले शान्तिपूर्ण राजनीतिक बाटो रोजेको बताएका थिए। ओलीले विप्लवसँग सहमति रातारात नभएको उल्लेख गर्दै त्यसका लागि पहिलेदेखि नै संवाद हुँदै आएको स्पष्ट पारे।

शान्ति सम्झौतालाई सफल पार्न हामीले खेलेको भूमिका युगान्तकारी छ: प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युद्धकालिन समयमा भएको बलिदानी संगै शान्ति सम्झौता, सेना समायोजन, हतियार व्यवस्थापनको साथै शान्ति सम्झौतालाई सफल पार्न आफूहरुले खेलेको भूमिका लगायत सबै काम युगान्तकारी भएको टिप्पणी गरेका छन्।

‘शान्तिसुरक्षा कायम गर्न सरकार असफल’

नेकपा नेपाल–दाहाल समूहले बैतडीको चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ। अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहालले शनिबार विज्ञप्ति जारी गर्दै घटनाले आफूहरूलाई स्तब्ध बनाएको बताएका छन्। ‘विद्यालयबाट घर फर्किंदै गरेको बेला वर्ष १७ की किशोरी भट्टमाथि भएको पाशविक र अमानवीय कुकृत्यको हामी घोर भत्र्सना गर्दछौं,’ उनीहरूद्वारा जारी विज्ञप्तिमा छ।

खुल्यो विश्व शान्ति स्तुप

कोरोना भाइरस महामारिका कारण गत चैतदेखि बन्द रहेको पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्य विश्व शान्ति स्तुप आइतबारदेखि पर्यटकका लागि खुला गरिएको छ ।

अमेरिका र तालिवान समूहबीच शान्ति प्रक्रिया तथा बाँकी कैदी रिहाइका लागि छलफल सुरु

संयुक्त राज्य अमेरिका र अफगानी तालिवान समूहबीच शान्ति प्रक्रियाका बाँकी काम अघि बढाउन कतारको दोहामा छलफल सुरु भएको छ।

अफगानिस्तानमा हिंसा जारी रहेमा शान्तिवार्ता भंग हुनसक्ने अमेरिकी भनाई

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अफगानिस्तानको सरकार र तालिबानी समूहबीचको वार्ता चलिरहेका बेला अफगानिस्तानमा हिंसा हुन नहुने बताएका छन्।

शान्ति स्थापनामा अब्बल बन्दै

गत सेम्टेम्बरमा मात्र दक्षिण सुडानमा शान्ति स्थापनार्थ खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाली शान्ति सैनिकसहितलाई युएन मेडलबाट सम्मानित गरिएको थियो ।

देशको नेतृत्व ओलीजस्ता जनयुद्धविरोधीको हातमा पुग्नु विडम्बनापूर्ण : डा.भट्टराई

शान्ति सम्झौता भएको १४ वर्ष पूरा भएको दिन आज मंसिर ५ गते सामाजिक सञ्जालमा शान्ति सम्झौतामा हस्ताक्षर भइरहेको तस्बिर राख्दै डा. भट्टराईले प्रधानमन्त्री ओलीको कडा आलोचना गरेका हुन्।

शान्तिप्रक्रियाको चुनबाङ साइनो

१४ वर्ष पहिले आजकै दिन नेपालको इतिहासमा महत्वपूर्ण निर्णय भएको थियो। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष प्रचण्डले युद्ध बिसाउने र नयाँ राजनीतिक दिशामा अघि बढ्ने सम्झौतामा हस्ताक्षर गरेका थिए।

सरकार ! बरु स्पष्ट भनिदे- द्वन्द्वपीडितलाई न्याय दिन्नँ

वर्षैपिच्छे घुमीघुमी आउने यस्ता चाडबाडले सशस्त्र द्वन्द्वकालमा आफन्त गुमाएका तथा बेपत्ता पारिएका व्यक्तिका परिवारको पीडा भने बल्झाउने गर्छन्।

सीमा नाका खोल्न माग गर्दै शान्तिपूर्ण विरोध धर्ना

सर्वपक्षीय जिल्ला सङ्घर्ष समितिको आयोजनामा सर्लाही सदरमुकाम मलङ्गवास्थित गोरखकाली नेपाल–भारत मुख्य सीमा नाका खोल्नुपर्ने माग राख्दै शान्तिपूर्वक धर्ना कार्यक्रम गरिएको छ।

डब्लुएफपीलाई नोबेल शान्ति पुरस्कार

सन् २०२० को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) लाई प्रदान गरिने भएको छ।

अफगान सरकार शान्तिप्रति प्रतिबद्ध देखिएनः तालिबान

अफगानिस्तानमा युद्धरत प्रमुख विद्रोही समूह तालिबानले संयुक्तराज्य अमेरिका र तालिबानबीच भएको सम्झौताका शर्तहरुलाई स्वीकार्न अफगान सरकारले नचाहेको आरोप लगाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्