६ आश्विन २०८१ आइतबार
image/svg+xml

खप्तड गोल्डकप आजदेखि

मोफसलकै सर्वाधिक पुरस्कार राशिको नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । धनगढीको क्षेत्रीय रंगशालामा दिउँसो १ बजे पछि सुरु हुँने प्रतियोगिताको उद्घाटन कैलाली ५ बाट प्रतिनिधि सभामा विजयी उम्मेदवार बनेकी डा. आरजु राणा देउवाले गर्ने कार्यक्रम छ ।

पुरानो क्लब फर्किएका कोस्टाद्वारा पहिलो खेलमै गोल

भर्खरैमात्र चेल्सीबाट आफ्नो पुरानो क्लव एथ्लेटिको मड्रिड फर्किएका डिएगो कोस्टाले पहिलो खेलमै गोल गरेका छन्। कोपा डेल रे फुटबलको अन्तिम १६ को पहिलो लेगमा एथ्लेटिको मड्रिडले लिइदा इस्पोर्टिओलाई ४-० ले पराजित गर्दा कोस्टाले पनि एक गोल गरेका हुन् ।

गोल्डस्टार ‘उत्कृष्ट ब्रान्ड’

१४औं फुटवेयर एन्ड लेदर गुड्स एक्स्पो २०७४ मा किरण सुज म्यानुफ्याक्चरर्सको गोल्डस्टार जुत्ताले उत्कृष्ट ब्रान्डको पुरस्कार जितेको छ । पुस १३ गतेदेखि मंगलबारसम्म भएको एक्स्पोमा गोल्डस्टारले उक्त  अवार्ड पाएको हो ।

एपिएफको जितमा सावित्राको ८ गोल

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको नेपाल एपिएफ टिमले बुधबारका खेल जित्दै एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी राखेप च्याम्पियनसिप १६औं राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको सुपर लिगमा स्थान पक्का गरेका छन् ।

बाँदरलाई भन्दै मान्छेलाई गोली हान्दा एकको मृत्यु

बाँदरलाई भन्दै हानेको गोली लाग्दा एक व्यक्तिको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–६, मस्यामको छत्तीवन जंगलमा गोली लागि ६२ वर्षका धनबहादुर थापाको मृत्यु भएको हो ।

महिला फुटबलमा एपिएफको २६ गोल

राखेप च्याम्पियनसिपअन्तर्गत १६औं महिला राष्ट्रिय फुटबल प्रतियोगितामा गोलको वर्षा भएको दोस्रो दिन सोमबार नेपाल आर्मी र एपिएफले रबाफिलो जित दर्ता गराएका छन् ।

नेपाल पुलिसकी निर्मलाको चार गोल

निर्मला विकको ४ गोलप्रेरित नेपाल पुलिसले आइतबार मध्यमाञ्चमाथि ६–२ को फराकिलो जित हात पार्दै राखेप च्याम्पियनसिपअन्तर्गत १६औं महिला राष्ट्रिय फुटबल प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

सुनसरीलाई फाल्गुनन्द गोल्डकप उपाधि

मोरङलाई २–० ले पराजित गर्दै सुनसरी–११ ले नवौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । तीर्थ बस्नेत र सुरज सुनुवारको १÷१ गोलको मद्दतबाट निक्कै प्रतिस्पर्धात्मक खेलमा सुनसरीले जित हासिल गरेको हो ।

फाल्गुनन्द गोल्डकप हेर्न दर्शकको घुइँचो (फोटो फिचर)

पूर्वी पहाडी जिल्ला पाँचथरको सदरमुकाम फिदिममा जारी नवौँ फाल्गुनन्द गोल्ड फुटबल प्रतियोगिता हेर्न आउने दर्शकको क्रेज बढेको छ । दर्शकका सुविधाका लागि बनाइएको अस्थायी प्याराफिट खचाखच भरिएको हुन्छ । दिउँसो २ः३० बजे हुने प्रतियोगिताका लागि दर्शकहरु १ बजेदेखि मैदानमा पुग्ने गरेका छन् ।

सुदुरपश्चिम गोल्डकप पुस २१ देखि

पुस २१ गतेदेखि माघ १ गतेसम्म दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप हुने भएको छ । सुदूरपश्चिम ११ स्पोर्टस क्लबले सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो ।

गोल्डेन चक्रपथ निर्माण सुरु

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडमा गोल्डेन चक्रपथ निर्माण सुरु गरिएको छ । साबिकको नौ वडालाई सडकका माध्यमबाट जोड्ने उदेश्यले गोल्डेन चक्रपथ निर्माण कार्य सुरु गरिएको हो । बुवासुङको दायाँबाट बायाँतर्फ घुम्ने २२ किलोमिटर सडक दोर्पाचिउरीडाँडाको सिंगाने, लामीडाँडा,दुधिले, खावाडाँडा, नास्तुमदेखि खिरिम्तुमछाप, कामीडाँडा, दोबेला, ढल्केबर र पञ्चमी जोड्ने वडा अध्यक्ष लिला चौहानले बताए ।

फाल्गुनन्द गोल्डकपमा एपीएफको लज्जास्पद पराजय

पाँचथर सदरमुकाम फिदिममा जारी नवौँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगितामा विभागीय टोलि एपीएफ पहिलो खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। तुलनात्मक रुपमा कमजोर आँकलन गरिएको सुनसरी ११ सँग ३–० को अन्तरले एपिएफ पराजित भएको हो।

प्रहरीको गोली प्रहारबाट म्यादी प्रहरीको मृत्यु

प्रहरीले चलाएको गोली लागेर कालिकोटमा एक जना म्यादी प्रहरीको ज्यान गएको छ। तलबमा अनियमितता भएको भन्दै म्यादी प्रहरीले आन्दोलन गरेका थिए। आन्दोलनमा रहेका म्यादी माथी गोली चलाउँदा शुक्रबार दिउँसो रासकोट नगरपालिका २ घर भएका म्यादी प्रहरी विवेक ऐरीको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालयको गेटमा नै उनीमाथी गोली प्रहार भएको थियो।

फाल्गुनन्द गोल्डकप आजबाट सुरु

पाँचथरको फिदिममा आजबाट रुस्लान नवौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ। फिदिम उच्च माविको खेलमैदानमा आज हुने प्रतियोगिताको उद्घाटन खेलमा सुनसरी ११ र डिभाइन ब्वाइज युनियन क्लब काठमाडौं भिड्दैछन्।

टोखामा गोली चलाउने चारजना हतियारसहित पक्राउ

टोखाको टाखीडाँडा जंगलमा आज दिउँसो गोली प्रहार गरी एक महिलालाई घाइते बनाएको आरोपमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ।  टाखीडाँडा जंगलमा टोखा नपा–१ झोर महाँकाल बस्ने दुर्गा दुलालमाथि गोली प्रहार भएको भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले जंगलमा लुकेर बसेको अवस्थामा एक थान भरुवा बन्दुकसहित चारजनालाई पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्