९ असार २०८१ आइतबार
image/svg+xml
समाज

अज्ञात समूहको गोलीबाट घाइते भएका क्याम्पस प्रमुखको मृत्यु

गोली प्रहारबाट घाइते भएका बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको मृत्यु भएको छ । वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

शुक्रबार साँझ आदर्श कोतवाल गाउँपालिका–३ स्थित बक्रा टोलमा कुशवाहामाथि गोली प्रहार भएको थियो । मोटरसाइकलमा आएका अज्ञात समूहले एक राउन्ड गोली प्रहार गरेको बाराका प्रहरी नायब उपरिक्षक दधिराम  न्यौपानेले जानकारी दिए । आदर्श कोतवाल गाउँपालिका भारतको सीमा क्षेत्रसँग जोडिएको क्षेत्र हो । 

प्रकाशित: ३२ जेष्ठ २०८१ २०:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App