१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

खेवाङ गोल्डकपको फाइनलमा पेदाङ र कुम्मायक भिड्ने

ताप्लेजुङको सिरिजङगा गाउँपालिका वडा नं ७ खेवाङमा जारी खेवाङ गोल्डकपको उपाधिका लागि पेदाङ स्पोर्टिङ क्लव र पाँचथरको कुम्मायक गाउँपालिका बीच प्रतिस्पर्धा हुने भएको छ ।  

मंगलबार भएको दोस्रो सेमिफाइनलमा सिदिङ्वा गाउँपालिकाको लालीगुराँस स्पोर्टिङ क्लव सुरुम्खिमलाई सडन डेथमा ८–७ गोलले पराजित गर्दै पेदाङ उपाधि नजिक पुगेका हो। कुम्मायक भने कोशी प्रदेश प्रहरी क्लबको टिमलाई पराजित गर्दै फाइनल पुगेको हो। फाइनल कात्तिक १५ गते हुनेछ।  

खेवाङ गोल्डकपको बिजेताले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँ तथा उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछन्।  

प्रकाशित: १३ कार्तिक २०८१ १८:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App