१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेशहरूमा भूगोल र जनसङ्ख्याको आधारमा बजेट छुट्याउनुपर्छः सांसद महतो

जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रप्रसाद महतोले प्रदेशहरुमा भुगोल र जनसङ्ख्याको आधारमा बजेट छुट्याउनुपर्ने बताएका छन।

सोमवार प्रतिनिधि सभा बैठकमा आ.व. २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद महतोले प्रदेशहरुमा भुगोल र जनसङ्ख्याको आधारमा बजेट छुट्याउनुपर्ने बताएका हुन । उनले प्रदेश र स्थानीय तहको बजेट कटौती गर्नु नहुने बताए । उनले संघीयालाई सवल बनाउनका लागि प्रदेश र स्थानीय तहलाई अझ बजेट आवश्यक पर्ने बताए ।

त्यस्तै छलफलमा बोल्दै जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले बजेट समाजवादउन्मुख हुन नसकेको बताए । उनले राज्यले दायित्व नबेहोरेको स्थितिको बजेट भएकाले समाजवादउन्मुख भन्न नमिल्ने बताए ।सांसद अधिकारीले कृषिमा लगानी दशक घोषणा गरिएपनि वैज्ञानिक कृषि प्रणालीको कुनै योजना नदेखिएको बताए ।  

प्रकाशित: २१ जेष्ठ २०८१ १५:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App