११ मंसिर २०८१ मंगलबार
image/svg+xml

जसको आधा जीवन सडक बढार्दै बित्यो

काठमाडौंवासी मस्त निदाइरहँदा सडक सफा गर्न निस्किन्छिन्, पूर्णमाया देउला । ६५ वर्षीया देउलाको दिनचर्या बिहान साढे चार बजेबाटै सुरु हुन्छ।काठमाडौं महानगरपालिकाकी सफाइ कर्मचारी उनी साँखुदेखि धाएर सडक सफा गर्न एकाबिहानै आइपुग्छिन्। उनले यो काम गर्न थालेको ४० वर्ष भयो।

हुलाकी सडकका नाममा राप्ती दोहन

जिल्लाको राप्तीसोनारी–२, शमशेरगन्जस्थित राप्ती नदीमा केही महिनादेखि दिनरात एक्साभेटर चलिरहेको छ। नदीबाट उत्खनन गरिएका ढुंगा, गिटी, बालुवा ट्रिपरहरूले ५/५ मिनेटको फरकमा किनारतिर ओर्साछन्। हुलाकी सडकका लागि निर्माण सामग्री तयार गर्न भन्दै राप्ती नदीकै छेउमा क्रसर उद्योग पनि सञ्चालन गरिएको छ।

मध्यराति वन मासेर सडक खन्ने विरुद्ध मुद्दा

सातादिनअघि मध्यराति अज्ञात समूहले वन मासेर बाटो खन्ने समूहविरुद्ध जिल्ला वन कार्यालय उदयपुरमा उजुरी परेको छ।

‘समन्वय नहुँदा सडक विस्तारमा समस्या छ’

जनप्रतिनिधिको जिम्मेवारी सम्हालेको ११ महिना भइसक्यो । हामी आउँदा स्थानीय तह अस्तव्यस्त थियो । हामी आएसँगै वडाले दिने सेवा प्रवाहलाई व्यवस्थित गर्दै आएका छौँ। सेवा प्रवाहसँगै विकास निर्माणलाई पनि उत्तिकै प्राथमिकतामा राखेर काम गरिरहेका छौँ।

अब कुनै पनि सडकमा खाल्डाखुल्डी हुँदैनन्

मुलुकको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी रघुवीर महासेठले मन्त्रालय सम्हालेको दुई महिनामै यातायात सिन्डिकेट तोड्ने निर्णय गरेर चर्चा कमाएका छन् । यसबाहेक उपत्यका लगायत मुलुकभरका बाटो निर्माण कार्य समयमै सम्पन्न गर्न उनले निर्देशनसमेत दिइसकेका छन्।

स्थानीय सरकार आएपछि गाउँगाउँमा पक्की सडक

स्थानीय तहको निर्वाचन पश्चात निर्वाचित जनप्रतिनिधिले आफनो कुल बजेटको ८० प्रतिशत रकम सडक सुरधार कार्यक्रम मै खर्च गरेको पाइएको छ।

सडक दुर्घटनामा सांसदको परिवारसहित आठको मृत्यु

जोर्डनमा शनिबार भएको एक सडक दुर्घटनमा यहाँका एक सांसद र उनका परिवपारसहित आठ व्यक्तिको मृत्यु भएको छ।

१३ औं दरबारमार्ग सडक महोत्सव (फोटो फिचर)

काठमाडौंको दरबारमार्गमा वार्स्टाइनर वियरले आयोजना गरेको १३ औं दरबारमार्ग सडक महोत्सवको रौनक । प्रत्येक वर्ष हुँदै आएको सडक महोत्सवअन्तर्गत शनिबार सम्पन्न यसवर्षको महोत्सवमा नागरिककर्मी दिपेन्द्र रोक्काको क्यामेरामा कैद भएका तस्बिरहरुः

सडक बनेसँगै दुर्घटना बढ्यो

नारायणगढ– मुग्लिन सडकखण्ड सहज बन्दै जाँदा दुर्घटना पनि बढेर गएका छन् । विगतका केही वर्ष यात्रुले हैरानी व्यहोर्दै आएको यस सडकको नारायणगढबाट १६ किलोमिटरसम्म ११ मिटर चौडा र त्यस उता मुग्लिनसम्म नौ मिटर चौडा सडक अहिले बनेको छ।

सडकमा चल्छन् वडाध्यक्षका बस जनतालाई सेवा पाउनै सकस

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर– ११ का वडाध्यक्ष राजु अधिकारी जनप्रतिनिधि मात्र होइनन्, यातायात व्यवसायी पनि हुन् ।जनप्रतिनिधिका रूपमा उनले नगरक्षेत्रका समस्या हल गर्नुपर्ने हो ।

महेन्द्र हिँडेको गोरेटोले सडकको रुप लियो

खोटाङको बाम्राङमा एकैसाथ पाँच सडक उद्घाटन गरिएको छ। गोरेटो बाटो छँदा ६२ वर्षअघि तत्कालिन राजा महेन्द्रले पैदल हिँडेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा एक्ले पिपल–नेवारगाउँ–मगरटोल–भँडारे–सिरिसे सडक, वडा कार्यालय–नंग्रेखोला–सार्कीगाउँ–रातोपानी–कट्टी सडक, झ्यालीकुवा–वडा कार्यालय सडक, इटाभट्टी–सुर्के–थापाटोल–देबिस्थान सडक र सिमेडाँडा–माझ थापाटोल–वडा कार्यालय सडक शिलान्यास गरिएको हो।

सडक र पक्की नाला शिलान्यास

कलैया उपमहानगरपालिकाभित्र सघन सहरी विकास कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको १९ किलोमिटर लामो पक्की नाला र साविकको सडक स्तरोन्नति कार्यको मंगलबार शिलान्यास गरिएको छ ।४७ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको पक्की नाला र सडक स्तरोन्नति कार्यको कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले शिलान्यास गरेका हुन्।

बेनी–कोरला सडकखण्डमा १४ वटा पक्की पुल निर्माण गरिँदै

नेपाल र चीनको सीमा क्षेत्र मुस्ताङको कोरला नाकासम्मको सडकखण्डमा १४ वटा पक्की पुल निर्माण गरिने भएको छ। कालीगण्डकी नदीको किनारैकिनार खनिएको यस सडकको विभिन्न सहायक नदीमा उक्त पुल निर्माण गर्न लागिएको हो।

सडक पुग्याे तर गाडी पुगेन

स्थानीय तहको निर्वाचन पछि जिल्लाका विभिन्न वडाहरूमा सडक निर्माण गर्दै स्काभेटर पुगे पनि सवारी साधन नपुग्ने समस्याले स्थानीयबासी हैरानीमा परेका छन्।

बुटवल–बेलहिया ६ लेन सडक निमार्ण सुस्त

सडकका दुवै छेउमा थुपारिएका ढुंगा गिट्टी बालुवाको रास। बीचमा ठूल्ठूला खाडल। हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे सडक। दैनिक सयौं सवारीसाधान ओहोरदोहोर गर्ने अति व्यस्त बुटवल बेलहिया व्यापारिक मार्ग हो यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्