११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

मध्यराति वन मासेर सडक खन्ने विरुद्ध मुद्दा

अज्ञात समूहले मध्यराति खनेको सडक। तस्बिरः महेश्वर

उदयपुर – सातादिनअघि मध्यराति अज्ञात समूहले वन मासेर बाटो खन्ने समूहविरुद्ध जिल्ला वन कार्यालय उदयपुरमा उजुरी परेको छ। गत ७ गते राति ११ः०० देखि विहान ३ः०० बजेसम्म अज्ञात समूहले डोजर लगाएर वन मास्दै झण्डै २ किलोमिटर कच्ची सडकको ट्रयाक खनेको भन्दै घट्नामा संलग्न झण्डै आधादर्जनविरुद्ध स्थानीयले वन कार्यालयमा उजुरी दिएका हुन्।

स्थानीयले सडक खन्दा प्रयोगमा आएको जेसिबी मालिक रमेश परियार, सूर्य लामा, जेसिबी चालक रमेश परियार र सामुदायिक वन उपभोक्ता समितिका सचिव बिनोद दनुवार र स्थानीय रमेश खड्काविरुद्ध उजुरी परेको जिल्ला वन कार्यालयले जनाएको छ। अज्ञात समूहले वन फँडानी गरेर सडक खनेको सार्वजनिक भएपछि जिल्ला वन कार्यालयले दोषीको खोजी गर्न थालेको र यसक्रममा जेसिबी नियन्त्रणमा आएको जनाएको छ।

कटारी नगरपालिका ४ स्थित सिम्ले र मध्यपुरलाई जोड्ने जंगल मासेर अज्ञात समूहले डोजर लगाएर वन फँडानी गरेपछि वन जंगलको थप सुरक्षाका लागि वन कार्यालयलले एउटा गाडीमा १ जना जमदार र ४ जना वन रक्षक परिचालन गरेको जिल्ला वन अधिकृत विष्णुप्रसाद भण्डारीले बताए। भण्डारीका अनुसार अचानक कसैसँग इजाजत नलिइ सडक खनेको पाइएपछि खोजतलासी भने व्यापक पारिएको छ।

स्थानीय मरुवाहरित सामुदायिक वन उपभोक्ता समूहको जंगल क्षेत्र मासेर अज्ञात समूहले रातारात स्काभेटर प्रयोग गरेर खनेको सडक अहिलेसम्म कस्ले खन्यो भन्ने यकिन हुन नसकिरहेदा बुधबार सेक्टर वन कार्यालय कटारीमार्फत जिल्ला वनमा उजुरी परेको हो।

नगरपालिका, उपभोक्ता, प्रहरी, प्रशासन, सेक्टर वन र सामुदायिक वनसमेतलाई जानकारी नदिइ मध्यराति स्काभेटर लगाएर लगभग २ किलोमिटर सडक खनिएपछि कटारीक्षेत्रमा सातादिनभरी खैलाबैला चलेको स्थानीय शत्रुधन कार्कीले बताए।

प्रकाशित: १४ वैशाख २०७५ ०५:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App