११ मंसिर २०८१ मंगलबार
image/svg+xml

एमाले अध्यक्ष तामाङ सडक दुर्घटनामा घाइते

नेकपा (एमाले) कञ्चनपुरका अध्यक्ष तारालामा तामाङ सडक दुर्घटनामा घाइते भएका छन्। उनलाई थप उपचारका लागि जहाजबाट काठमाडौं लगिएको छ। सोमबार साँझ धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित नयाँबजारको बेल्सक्याफे नजिक रिक्सा चढ्ने क्रममा से ५ प ५०९१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा तामाङ घाइते भएका हुन्।

रसुवागढी जोड्ने छोटो सडक तयार

चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेसी सडक निर्माण सम्पन्न भएको छ।

प्रधानमन्त्रीले बचन दिएको रकम नआउँदा पाथिभराको सडक स्तरोन्नती कार्य अलपत्र

पहिलो पटक प्रधानमन्त्री भएका बेला केपी शर्मा ओलीले ताप्लेजुङको पाथिभरा क्षेत्रको सडक निर्माणका लागि पठाउने बचन दिएको १० करोड रुपैयाँको सबै अंश नआउँदा उनी दोस्रो पटक प्रधानमन्त्री भएकै बखत यो क्षेत्रको सडक मर्मत तथा स्तरोन्नती कार्यको भविष्य संकटमा परेको छ।

सुर्खेत–हिल्सा सडक ‘प्रधानमन्त्री अन्तराष्ट्रिय द्रूतमार्ग’

कर्णाली प्रदेश सरकारले सुर्खेत–हिल्सा सडकलाई प्रधानमन्त्री अन्तराष्ट्रिय द्रूतमार्ग नामाकरण गरेको छ। शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यतामा मुगुको रारातालमा बसेको कर्णाली प्रदेशको पाँचौं मन्त्रिपरिषद् बैठकले प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि चीनसँगको सीमा हुम्लाको हिल्सासम्मको सडकलाई प्रधानमन्त्री अन्तराष्ट्रिय द्रूतमार्ग नामाकरण गरेको हो।

नयाँ वर्षमा नारायणगढ मुग्लिन सडक खुल्ला

सडक विस्तारको क्रममा दिउँसो यातायातका साधन रोकेर काम गरिँदै आएको नारायणगढ–मुग्लिन सडक नयाँवर्ष २०७५ को पहिलो दिन शनिबार खुल्ला रहने भएको छ।

सडक पहुँचसँगै एक दर्जन नयाँ बजार

सरकारले पूर्वाधारको पहुँच पुर्‍याउन सके स–साना गाउँ पनि कसरी बजारमा परिणत हुन सक्छन् भन्ने उदाहरण अहिले मध्यपहाडी लोकमार्ग हुन पुगेको छ।

सडक दुर्घटनामा एकको मृत्यु

सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।  मोरङको पथरी शनिश्चरे–१० मा बुधबार राति सडक दुर्घटना हुँदा मोटरसाइकल चालक पथरी–शनिश्चरे हसन्दहका ४८ वर्षीय हरिबहादुर केसीको उपचारका क्रममा विहीबार मृत्यु भएको प्रहरी प्रदेश कार्यालय, विराटनगरले जनाएको छ।

मुग्लिन सडकका साँघुरा पुलले यात्रुलाई सास्ती

चितवनको नारायणगढ मुग्लिन सडकखण्ड चौडा पार्ने काम अन्तिमतिर पुगे पनि साँघुरा पुलका कारण यात्रुलाई सास्ती उस्तै छ।

वीरगन्जको परवानिपुर गण्डक सडक खण्डमा दोस्रो ‘६ लेन’

वीरगन्ज बजार क्षेत्रलाई जोड्ने परवानिपुरपुरदेखि गण्डक चोकसम्म अर्को ६ लेन सडकको निर्माण सुरु भएको छ । मुख्य बजार क्षेत्रतिर जाने बाटो भने पहिलो चरणको ६ लेन योजनामा परेको थिएन।

सोतीपुलले रोक्यो उत्तरी गोरखाको सडक सपना

आरुघाट गाउँपालिकाको सोती खोला माथिको निर्माणधिन पुल ६ वर्ष पुग्दा समेत बन्न सकेको छैन।

ट्रयाक्टर पल्टिँदा सडक छेउमा खेलिरहेका दुई बालकको मृत्यु

रौतहटमा ट्रयाक्टर पल्टिँदा दुई अबोध बालकको मृत्यु भएको छ। ना ३ त ६२८४ नम्बरको ट्रयाक्टर माटो पुर्ने क्रमममा सडकबाट पल्टिँदा सडक छेउमा खेलिरहेका दुई बालकको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

मिनीट्रकको ठक्करबाट महिलाको मृत्यु,  स्थानीयवासीद्वारा सडक अवरुद्ध

मिनीट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि घटनाको विरोधमा ओखरपौवाका स्थानीयवासीले जितपुर–ओखरपौवा सडकखण्डमा यातायात सञ्चालनमा अवरोध पुर्‍याएका छन् ।

नयाँ वर्षमा सडक खाना महोत्सव

धुलिखेलमा पर्यटक तान्न यहाँका संघ–संस्थाले प्रत्येक वर्षको अन्तिम दिन र नयाँ वर्षको पहिलो दिन पर्यटन मेला तथा सडक खाना महोत्सव गर्ने भएका छन्।

बलात्कारविरुद्ध सडकमा विद्यार्थीहरू

पछिल्लो समय बलात्कार एवम् महिला हिंसाको घटना वृद्धि हुँदै गएको भन्दै धरानका विभिन्न कलेजका विद्यार्थीहरूले बलात्कारविरुद्ध सडकमा उत्रिएका छन्।

मैलुङ–स्याफ्रुबेसी सडक खुलेपछि भूकम्पपीडितलाई सहज

राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मैलुङ–स्याफ्रुबेसी सडक खुलेपछि हाकुका भूकम्पपीडितलाई निर्माण सामग्री लैजान सहज भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्