११ मंसिर २०८१ मंगलबार
image/svg+xml

नयाँ वर्षमा चरिकोटमा ‘सडक महोत्सव’

दोलखा सदरमुकाम चरिकोटमा नयाँ वर्षमा सडक महोत्सव हुने भएको छ। नयाँ वर्ष २०७५ सुरु हुने अघिल्लो दिन चैत ३० गते सुन्दर पर्यटकिय नगरी चरिकोटको मुख्य बजार क्षेत्रमा बुद्धनगर टोल सुधार समितिको आयोजना र बजारका अन्य आठवटा टोल सुधार समितिको सहआयोजनामा सडक महोत्सव आयोजना हुन लागेको हो।

सडक र पुलका योजना अलपत्र, ठेकेदारमाथि कारबाही सुस्त

जिल्ला डिभिजन सडक कार्यालयद्वारा सञ्चालित एक दर्जनभन्दा बढी योजना लामो समयदेखि अलपत्र छन्। सिरहा, सप्तरी र उदयपुर जिल्लाका सडक तथा पुलका योजना सडक कार्यालयका कर्मचारी र ठेकेदार कम्पनीको लापर्बाहीका कारण अलपत्र परेका हुन्।

भिटामोड - जलेश्वर जनकपुर सडक अवरूद्ध

गएराती भएको वर्षापछि भिटामोड–जलेश्वर–जनकपुर सडक हिलाम्य भएर बिहीबार बिहानैदेखि अवरुद्ध भएपछि उक्त सडक भएर यात्रा गर्ने हजारौं यात्रुुहरु अलपत्र परेका छन्।

मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक चार दिनका लागि खुला गरिने

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक चार दिनका लागि खुला गरिने भएको छ।

साँफे मार्तडी सडक अवरुद्ध

बाजुसाँफे मार्तडी सडक खण्ड अन्र्तगत पर्ने तिपाडामा स्थानीयले सडक अवरुद्ध गरेका छन्। तिपाडा बजार क्षेत्रको सरकारले मुआब्जा नदिएको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका हुन्।

सडकमा सिन्डिकेट सत्ता

सहज र सुविधायुक्त सेवा दिन थालेको मयुर यातायातलाई बन्द गराउन कोटेश्वरदेखि पूर्व चल्ने सिन्डिकेटवाला यातायात व्यवसायीले सरकार र कम्पनीलाई धम्की दिन थालेका छन्।

नारायणगढ–मुग्लिन सडक खण्डका पुल एक वर्षमै बनाइने

नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माण गर्न बाँकी रहेका १४ वटा पुल एक वर्षभित्रमा सम्पन्न गर्ने गरी नयाँ ढंगबाट निर्माण योजना तयार गरिएको ।

बेनी–जोमसोम सडक दैनिक ८ घण्टा बन्द हुने

राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर सडक अन्तर्गत पर्ने ७६ किलोमिटर बेनी–जोमसोम– कोरला सडकको स्तरोन्नती कार्यलाई तीब्रता दिन दैनिक ८ घण्टा बन्द गरिने भएको छ।

बेनी–जोमसोम सडक शुक्रबारदेखि आठघण्टा बन्द हुने

स्तरोन्नति कार्यलाई तीव्रता दिन बेनी–जोमसोम सडकखण्ड आठ घण्टा बन्द गरिने भएको छ।राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर सडकअन्तर्गत पर्ने ७६ किलोमिटर बेनी–जोमसोममा छ महिनादेखि विभिन्न चार खण्डमा कार्य भइरहेको छ।

नयाँ सडकको आगो, रानीपोखरीको पानी!

राजधानीका कुनै मन्दिर, सत्तल, पाटी, घाटमा जानुस्, त्यहाँको अव्यवस्थाले मन नराम्ररी कुँडिन्छ । एक वर्ष होइन, दुई वर्ष, तीन वर्ष र अब चार वर्ष हुन लागेको छ तर ‘ओह्रको सिन्को पर’ पर सर्दैन। ०७२मा गएको भुइँँचालोको वार्षिकी वैशाख १२ गते फेरि संघारमै आइसकेको छ।

‘सातदोबाटो–गोदावरी सडकखण्ड विवादित छ’

जिम्मेवारी बोध भइरहेको छ । एक हिसाबले खुसी पनि लागिरहेको छ । लामो समयदेखि दुःख पाउँदै आएका नगरवासीको थोरै भए पनि समस्या हल गर्न पाएको छु । जनता र राज्यबीच बसेर विकासका काम गर्न पाएको छु । यसले निकै दायित्वबोध पनि गराएको छ । स्थानीय तहको चुनाव नहुँदासम्म कर्मचारीले सकभर जनताको अत्यावश्यक काम गर्न समेत पन्छिने वा विभिन्न बहानाबाजी गरेर छल्ने गर्थे । जनप्रतिनिधि आएपछि कर्मचारीको व्यवहारमा पूर्ण रूपमा परिवर्तन आएको छ । जनप्रतिनिधि आएपछि जनताले सरल र सहज ढंगले सेवा पाइरहेका छन् । कानुन अभावमा केही कार्यसम्पादन गर्न असहज त पक्कै छ ।

चिसापानी–बंशिलाघाट सडक बनेपछि सहज

जिल्लाको दक्षिणी क्षेत्र र तराई जोड्ने सडक निर्माण गरिएको छ । जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारबाट बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौडण्डीको सिमानामा पर्ने सुनकोसीस्थित बंशिलाघाट जोड्ने २५ किलोमिटर सडक निर्माण गरिएको हो ।

ग्रामीण सडक निर्माण सुरु

खोटाङको जन्तेढुंगा गाउँपालिकामा ग्रामिण सडक निर्माण सुरू गरिएको छ। गाउँमा उत्पादित कृषिजन्य बस्तुलाई सहजरुपमा निर्यातको वातावरण निर्माणका लागि गाउँपालिकाले चिसापानी–घोर्ले–कात्तिके सडक निर्माण सुरु गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्