२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

साँफे मार्तडी सडक अवरुद्ध

बन्द गर्न निमाण गरिएको पर्खाल। तस्बिरःनागरिक

बाजुरा– बाजुसाँफे मार्तडी सडक खण्ड अन्र्तगत पर्ने तिपाडामा स्थानीयले सडक अवरुद्ध गरेका छन्। तिपाडा बजार क्षेत्रको सरकारले मुआब्जा नदिएको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका हुन्। २०७२ सालदेखि नै छलफल विषयमा रहेको उक्त सडक क्षेत्रमा राज्यले मुआब्जा दिन ढिलासुस्ती गरेपछि जग्गा धनीले बाटो नै बन्द गरेका छन्।

जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय र स्थानीय राजनीतिक दल बीच मुआब्दा दिने सहमति भएपछि अहिलेसम्म नदिएपछि अनिश्चितकालिन बन्द गरिएको जग्गा धनीले बताएका छन्। यस अघि जिल्ला स्तरीय सर्वपक्षिय बैठकले नै मुआब्जा दिने निर्णय गरिसकेको भएपनि उपलब्ध गराउन भने ढिलाई गरेको छ।

तिपाडामा स्थानीय पर्खाल र तार बार सहीत बन्द गरेका छन्। स्थानीय जग्गा धनीको संलग्नतामा बन्द गरिएको हो। सडक अवरुद्ध गरिएपछि दर्जनौ सवारी साधानका यात्रुहरु तिपाडामा अलपत्र परेका छन्। जिल्ला बाहिर जान र आउन लागेका दुवै तिरका यात्रुहरूलाई समस्या देखिएको छ।

हिजो मात्र प्रशासन कार्यालयमा सहमतिका लागि प्रयास गरिएपनी २०७२ सालको मूल्यांकनका आधारमा मुआब्जा दिने कुरा भएपछि आफूहरूले न्यायका लागि सडक बन्द गरेको बताएका छन्। सडक अवरोध खुलाउन प्रहरी टोली तिपाडा पुगीसकेको प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले बताएका छन्। सुचारु गर्ने विषयमा छलफल जारी रहेको छ।

यात्रुहरूले बन्द खुलाउने प्रयास गरिरहेपनि स्थानीयले राज्यसँगको मिति तोकेरै लिखित सहमति नभएसम्म नमान्ने बताएको पत्रकार गगन अयडीले बताएका छन्। प्रयासका लागि यात्रामा रहेका माओवादी केन्द्रका जिल्ला इन्चार्ज सहदेब बोगटी, जिल्ला संयोजक भरत बुढा लगायत वडा अध्यक्ष तथा प्रहरी प्रशासन लागि परेको छ।

प्रकाशित: १९ चैत्र २०७४ ०६:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App