४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पहिरो पन्छाउन नसक्दा नवलपुरको पहाडी क्षेत्रमा पाँच दिनदेखि यातायात ठप्प

पहिरो पन्छाउन नसक्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा पाँच दिनदेखि यातायात सञ्चालन हुनसकेको छैन। जिल्लाको पहाडी क्षेत्रका लागि यातायात सञ्चालन हुने मुख्य सडक मार्गको ठाउँ–ठाउँमा पहिरो खसेर यातायात पूर्णरूपमा अवरुद्ध भएको हो।

मुग्लिन–नारायणगढ पहिरोः गन्तव्यमा कतिखेर पुगिन्छ भन्न सकिन्न

गण्डकी र धवलागिरीका विभिन्न जिल्लाका यात्रु पृथ्वी राजमार्ग हुँदै आउजाउ गर्दा मुग्लिनमा भेट हुन्छ। त्यसपछि यात्रुहरु चितवन र काठमाडौंतिर बाँडिने गर्नछ। अहिले पृथ्वी राजमार्गको पोखरा–आँबुखैरेनी खण्ड बिस्तारको क्रममा रहेर धुलो र हिलोको सास्ती भएपनि पहिरोको समस्या उत्तिसारो दोहोरिएको छैन। तर, मुग्लिन–नारायणगढका कारण निम्तिएको सास्ती भने पृथ्वी राजमार्ग भएर आउजाउ गर्ने यात्रुले पनि भोग्ने गरेका छन।

पहिरोले गोरुसिंगे–सन्धिखर्क सडक अवरुद्ध

लगातार तिन दिनदेखी परिरहेको अविरल बर्षाका कारण गोरुसिंगे–सन्धिखर्क सडक अवरुद्ध भएको छ । अर्घाखाँचीको मुख्य सडक नै अवरुद्ध भएपछी आवातजावत बन्द भएको हो।

फेरी खस्यो पहिरो, नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

माथिबाट पहिरो खस्दा नारायणगढ- मुग्लिन सडकखण्ड फेरी अवरुद्ध भएको छ। सुक्खा पहिरो खसेर बिहीबारदेखि अवरुद्ध नारायणगढ-मुग्लिङ सडकखण्ड २८ घन्टापछि शुक्रबार साँझ ५ बजे सञ्चालनमा आएको थियो ।

थप पहिरो नखसे नारायणगढ मुग्लिन सडक आज साँझसम्म सञ्चालनमा आउने

बिहीबार मध्याह्नबाट अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक खण्ड थप पहिरो नखसे आज साँझसम्ममा सञ्चालनमा आउने भएको छ।

पहिरोले सडक अवरुद्ध हुँदा यात्रु अलपत्र (तस्बिरहरु)

हिजो दिउँसोदेखि अवरुद्ध रहेको नारायणगढ-मुग्लिन सडक खण्ड अझै सञ्चालनमा आउन नसक्दा यात्रुहरु अलपत्र परेका छन्।

पहिरोले लोकमार्गमा सास्ती

मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत कास्कीको नागडाँडामा पहिरोका कारण दैनिकजसो सडक अवरुद्ध हुन थालेको छ।गत वर्ष सडक भासिएपछि जोखिमपूर्ण बनेको उक्त खण्डमा पहिरोले थप क्षति पुर्याएको हो।

सिदिङ्वा पहिरोका मृतक र बेपत्ताका परिवारलाई आठराई त्रिवेणीले ५० हजार राहत दिने

ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले सिदिङ्वा पहिरोमा परी मृत्यु भएका र बेपत्ता भएकाको परिवारलाई जनही ५० हजार रुपैयाँ दिने भएको छ।

बाढीपहिराबाट सिन्धुलीका ३१ घरमा क्षति

सिन्धुलीको गोलञ्जोर गाउँपालिका-२ बितिजोरमा बाढीपहिराबाट ३१ घरमा क्षति पुगेको छ। बाढीले खेतसमेत बगाएको छ।

ताप्लेजुङको मेहेलेमा पहिरो पन्छाउँदै बेपत्ताको खोजी

ताप्लेजुङको सिदिङ्गा गाउँपालिका-६ मेहेलेको भालुखोपमा गएको पहिरोमा परी बेपत्ता एकाघरका तीन सदस्यको खोजीका लागि शुक्रबार बिहानबाट पहिरो पन्छाउन थालिएको छ।

ताप्लेजुङ पहिरो: बेपत्ता नभेटिएपछि आफन्तले गरे ‘कुशको शव’ बनाई दाहसंस्कार

गत शुक्रबार राती ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा गएको पहिरोमा परी बेपत्ता भएकाहरू अझै नभेटिएपछि आफन्तहरुले ‘कुशको शव’ बनाई दाहसंस्कार गरेका छन्।

बाढी, पहिरो र सडक दुर्घटनाप्रति सांसद्ले गराए सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको आजको आकस्मिक समयमा बाढी, पहिरो र सडक दुर्घटनाका कारण मुत्यु हुनेको सङ्ख्या बढिरहेका विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ।

ताप्लेजुङ मेहेलेमा पहिरो पन्छाउँदै बेपत्ताको खोजी सुरु

ताप्लेजुङको सिदिङ्गा गाउँपालिका वडा नं ६ मेहेलेको भालुखोपमा गएको पहिरोमा परी बेपत्ता एकाघरका तीन सदस्यको खोजीका लागि शुक्रवार बिहानबाट पहिरो पन्छाउन थालिएको छ।

ताप्लेजुङ पहिरोपीडितलाई राहत तथा उद्धारका लागि रणनीतिक योजना

जिल्ला विपद् व्यवस्थापन समितिले ताप्लेजुङका पहिरोप्रभावित क्षेत्रका बासिन्दाको राहत तथा उद्धारका लागि रणनीतिक योजना अघि सारेको छ।

ओखलढुङ्गामा पहिरोमा पुरिएर एकै घरका चार जनाको मृत्यु

ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नं. ८ मा गएराति पहिरो जाँदा एकै घरका चारजनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्