१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पहिरोले गोरुसिंगे–सन्धिखर्क सडक अवरुद्ध

लगातार तिन दिनदेखी परिरहेको अविरल बर्षाका कारण गोरुसिंगे–सन्धिखर्क सडक अवरुद्ध भएको छ । अर्घाखाँचीको मुख्य सडक नै अवरुद्ध भएपछी आवातजावत बन्द भएको हो।

सन्धिखर्क नगरपालिका ६, नरपानीको बहखोरा र शितगंगा नगरपालिका २, सितापुरको भुवनपाटामा गएराती पहिरो खसेपछि सडक अबरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी मुकुन्द रिजालले जानकारी दिए।  

गोरुसिंगे–सन्धिखर्क सडकको दहखोला, कोन्द्रेखोलामा र बहखोरको सडकमा खसेको पहिरो पन्छाउने कार्य भैरहेको र वर्षा नरोकिएकाले ठाउँ ठाउँमा निरन्तर पहिरो खसेकाले सडक खुलाउन समस्या भएको डिएसपी रिजालले बताए। ‘सडक खुलाउने प्रयास भईरहेको छ, रिजालले भने,‘वर्षा रोकिएको छैन,एकातिर सडक खुलाउँदा अर्को तिर पहिरो खसिरहेको छ।’

सडक अवरुद्ध बनेपछि सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट सन्धिखर्क आउने यात्रुहरु बिचमै रोकिएका छन्।

प्रकाशित: १६ असार २०८० ०४:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App