१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

ओखलढुङ्गामा पहिरोमा पुरिएर एकै घरका चार जनाको मृत्यु

ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नं. ८ मा गएराति गएकाे पहिरो। तस्बिरः रासस

ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नं. ८ मा गएराति पहिरो जाँदा एकै घरका चारजनाको मृत्यु भएको छ।

गाउँपालिकाको वडा नं. ८ स्थित जनजाति बस्ती (गुरुङ बस्ती) मा गएराति ११ बजे पहिरो जाँदा एकै घरका चारजनाको मृत्यु भएको वडाध्यक्ष खड्गबहादुर बरालले नागरिकन्यूजलाई जानकारी दिए।  

'एकै घरका चार जनाको मृत्यु भएको छ। आमाबाबु र छोरीको शव भेटियो, छोराको खोजी जारी छ', वडाअध्यक्ष बरालले भने, 'यो पहिरोले यो गाउँमा ८ घर बगाएको छ।'

पहिरोमा परी स्थानीय ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया, छोरा १० वर्षीय छोरा दिनेश र छोरी १८ महिनाकी कृतिकाको मृत्यु भएको वडाध्यक्षले बताए।

'चार घर त पुरै भत्किएको छ अरु घर पनि क्षति भएको छ। ति घरका मानिस चाही भागेर बाँच्न सके, रणबहादुरको परिवारले भाग्ने मौकै पाएन।' बरालले भने। क्षतिको थप विवरण संकलन भइरहेको छ।

घटनाबारे जानकारी पाएलगत्तै राति १२ बजेदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा शव निकाल्न र उद्धारमा खटिएको अध्यक्ष बरालले जानकारी दिए।

प्रकाशित: ८ असार २०८० ०१:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App