१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सिदिङ्वा पहिरोका मृतक र बेपत्ताका परिवारलाई आठराई त्रिवेणीले ५० हजार राहत दिने

फाइल तस्बिर

ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले सिदिङ्वा पहिरोमा परी मृत्यु भएका र बेपत्ता भएकाको परिवारलाई जनही ५० हजार रुपैयाँ दिने भएको छ।

पालिकाको दोश्रो गाउँसभाको तेश्रो अधिवेशनले मृतक तीन र बेपत्ता तीन जनाका परिवारलाई जनही ५ं० हजार रुपैँया राहत दिने भएको हो।

आइतबार बसेको कार्यपालिका बैठकले राहत प्रदान गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन) ले  बताए।

उक्त राहत जिल्ला विपद् व्यवस्थापन समितिमार्फत एक साता भित्रै पहिरो प्रभावित परिवार सम्म पु¥याउने योजना रहेको अध्यक्ष पोमूले बताए।

असार २ गते राती झरेको पहिरोले घर बगाउँदा मेहेलेका गणेश तामाङको निधन भएको थियो भने एकै परिवारका तीन जना बेपत्ता छन्। बेपत्ता हुनेमा भगीमाया बुढा क्षेत्री, उनकी बुहारी सन्ध्या र नाती प्रज्वल बुढा क्षेत्री छन्। यस्तै पहिरोमा परी असार ४ गते मेहेलेकै केशरबहादुर राई र सुरेश राईको निधन भएको थियो।

प्रकाशित: १० असार २०८० ०७:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App