१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

ताप्लेजुङ पहिरो: बेपत्ता नभेटिएपछि आफन्तले गरे ‘कुशको शव’ बनाई दाहसंस्कार

गत शुक्रबार राती ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा गएको पहिरोमा परी बेपत्ता भएकाहरू अझै नभेटिएपछि आफन्तहरुले  ‘कुशको शव’ बनाई दाहसंस्कार गरेका छन्।

शुक्रबार दिउँसोसम्म खोजी गर्दा पनि बेपत्ता परिवारलाई फेला पार्न नसकेपछि उनीहरुका आफन्तले कुशको शव बनाइ अन्त्येष्टी गरेका हुन्।

पहिरोमा परी मेहेले भालुखोपका ६३ वर्षिया भगिमाया बुढाक्षेत्री,उनकी बुहारी ३० वर्षिया सन्ध्या बुढाक्षेत्री र नाति ९ वर्षिय प्रज्वल बुढाक्षेत्री बेपत्ता भएका छन्।

शुक्रबार बिहान सशस्त्र प्रहरी,नेपाल प्रहरी र स्थानीय बासिन्दा समेतले पहिरोले बगाएको क्षेत्रमा संयुक्त खोजी कार्य गरेको थियो। पहिरोले बेपत्ता बनाएको दिनबाट नै खोजी कार्य जारी रहेपनि बेपत्ताहरुको अझै सम्म पत्तो लागेको छैन।

प्रकाशित: ८ असार २०८० ११:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App