२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ताप्लेजुङको मेहेलेमा पहिरो पन्छाउँदै बेपत्ताको खोजी

ताप्लेजुङको सिदिङ्गा गाउँपालिका-६ मेहेलेको भालुखोपमा गएको पहिरोमा परी बेपत्ता एकाघरका तीन सदस्यको खोजीका लागि शुक्रबार बिहानबाट पहिरो पन्छाउन थालिएको छ।

 उनीहरूको घर रहेको सम्भावित स्थललाई केन्द्रमा राखी त्यहाँको पहिरो पन्छाएर खोजी कार्य सुरु गरिएको सशस्त्र प्रहरी बल नम्बर १ गुल्म हेडक्वाटर कञ्चनजंघाका सशस्त्र डिएसपी विनोद थापाले जानकारी दिए।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा फौजले बिहीबारै स्थानीय बासिन्दासँग मिलेर पहिरो पन्छाएर र काबेली खोला आसपासमा समेतलाई आधार मानेर बेपत्ताको खोजी गर्ने निर्णय लिएको थियो। पहिरोले पुरेको सम्भावित क्षेत्र पहिचान गर्दासमेत बेपत्ताको कुनै पत्तो नलागे काबेली खोलालाई आधार मानेर खोजी गर्ने सुरक्षा फौजले नीति लिएको छ।

ताप्लेजुङको सिदिङ्गा गाउँपालिका-६ मेहेलेको भालुखोपमा गएको पहिरोमा परी बेपत्ता एकाघरका तीन सदस्यको खोजीका लागि शुक्रबार बिहानबाट पहिरो पन्छाउन थालिएको छ।

पहिरोले बगाएर लैजाँदा काबेली खोलामै मिसाउने भएको पहिरो गएको क्षेत्र र काबेली खोला दुवैलाई बेपत्ताका खोजी कार्यको सम्भावित स्थल बनाइएको हो। पहिरोले एकाघरका सासु भगिमाया बुढाक्षेत्री, बुहारी सन्ध्या बुढाक्षेत्री र नाति प्रज्वल बुढाक्षेत्री बेपत्ता छन्। उनीहरूसँगै पहिरोले बगाएका भालुखोपकै गणेश तामाङको शव काबेली खोलामा भेटिएको थियो।

पहिरोले २३४ घर प्रभावित

ताप्लेजुङमा आएको पहिरोका कारण जिल्लाभरमा २ सय ३४ घरका १ हजार ७४ जना प्रभावित भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार १३ घर पूर्ण रूपमा क्षति भएको छ भने १ सय १ घर उच्च जोखिममा रहेका छन्। १ सय ३२ घर परिवार जोखिममा रहेको समेत उनले जानकारी दिइन्।

१० वटा झोलुंगे पुलमा क्षति

पहिरोले जिल्लाभरका १० वटा झोलुंगे पुलमा पूर्ण क्षति गरेको छ। ६ वटा लघु जलविद्युत् र २ वटा सरकारी भवनमा समेत क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। एउटा क्रमर, एउटा कल्भर्ट र एउटा कुखुरा फार्ममा समेत क्षति भएको तथा कयौं पशु चौपायासमेत मरेको विपद् व्यवस्थापन समितिले जनाएको छ।

व्यक्तिगत खातामार्फत राहत उठाउन रोक

जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले व्यक्तिगत खाता प्रयोग गरी राहत संकलन गर्न प्रतिबन्ध गरेको छ। जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रजिअ चेम्जोङले व्यक्तिगत खाता प्रयोग गरी राहत संकलन नगर्न÷नगराउन भनेकी छन्।

स्वेच्छाले कुनै व्यक्ति वा संघसंस्थाले राहत दिन चाहे विपद् व्यवस्थापन कोषमा रकम जम्मा गरी भौंचर सार्वजनिक गर्नसमेत उनले आग्रह गरेकी छन्। उनले नगद, चेक, ड्राफ्ट वा विद्युतीय माध्यमद्वारा स्वेच्छाले कुनै व्यक्ति वा संघसंस्थाले राहत दिन चाहेमा स्थानीय विपद् व्यवस्थापन समितिलाई जानकारी गराउनुपर्ने बताइन्।

जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले व्यक्तिगत खाता प्रयोग गरी राहत संकलन गर्न प्रतिबन्ध गरेको छ। जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रजिअ चेम्जोङले व्यक्तिगत खाता प्रयोग गरी राहत संकलन नगर्न÷नगराउन भनेकी छन्।

जिल्ला विपद् व्यवस्थापन समितिले यसअघि नै राहत संकलन एकद्वार प्रणालीमार्फत गर्ने निर्णय लिइसकेको छ।

प्रकाशित: ९ असार २०८० ०३:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App