९ मंसिर २०८१ आइतबार
image/svg+xml

धनगढी मेयर एलपिएलः शारदा सरस्वती र हिमालयन ह्वाइट हाउस विजयी

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ अन्तरगत सोमबार भएका दुई खेलमा शारदा सरस्वती दोधारा र हिमालयन ह्वाइट हाउस स्कुल काठमाडौं विजयी भएका छन्।

धनगढी मेयर एलपिएल: एभरेष्ट र सत्यवतीको लगातार दोस्रो जित

धनगढीमा जारी मेयर लिटल फ्लावर प्रिमियर लिग विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो दिन सम्पन्न दुईवटा खेलमा अत्तरियाको एभरेष्ट एकेडेमी र सत्यवती एकेडेमी विजयी भएका छन्।

धनगढी मेयर एलपिएल: सत्यवतीको जीत सुरुवात

धनगढीमा सोमबारदेखि सुरु भएको अन्डर–१९ विद्यालय स्तरीय धनगढी मेयर लिटर फ्लावर प्रिमियर लिग टि–ट्वान्टी प्रतियोगिताको छैठौं संस्करणको सुरुवात खेलमा सत्यवती एकेडेमीले विजयी सुरुवात गरेको छ।

युनाइटेडले अवसर गुमायो

दशौं स्थानमा रहेको साउथह्याम्पटनसँग शनिबार १–१ गोलको बराबरीमा रोकिँदा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगको अंकतालिकाको चौथो स्थानमा उक्लिने मौका गुमाएको छ।

आइपिएल अक्सनमा सन्दीप अनसोल्ड

सन् २०१८ मा तत्कालिन दिल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स) ले न्यूनतम मूल्य २० लाख भारतीय रुपैयाँ अक्सनमा किनिएका सन्दीप गत वर्ष पनि अनसोल्ड भएका थिए।

अहमदाबादको नाम गुजरात टाइटन्स

आइपिएल २०२२ बाट दुईवटा फ्रेन्चाइज टोली थपिँदा अहमदाबादले मात्र नाम घोषणा गरेको थिएन। दुईमध्ये लखनउले यसअघि नै आफ्नो नाम लखनउ सुपर जायन्ट राखेको थियो। बुधबार अहमदाबादले भने आफ्नो फ्रेन्चाइज टोलीको नाम गुजरात टाइटन्स राखेको छ। यो फ्रेन्चाइज टोलीले अक्सनआगाडि तीन खेलाडी अनुबन्धित गरिसकेको छ। हार्दिक पाण्ड्याको कप्तानीमा रहने गुजरात टाइटन्सले रासिद खान र शुभमन गिललाई अनुबन्धित गरेको हो।

शीर्ष चारबाट बाहिरियो युनाइटेड

दबाब दिएर खेलेको युनाइटेडले १८औं मिनेटमा पाउल पोग्बाको गोलबाट अग्रता बुन्न सफल भएको थियो। लुका शअले उपलब्ध गराएको पासमा पोग्बाले गोल गर्दै आतिथ्यता गरेको टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि पनि दबाब दिएर बर्नलीविरुद्ध खेलेको युनाटेडले पहिलो हाफमा केही राम्रा अवसर खेर फाल्यो।

फाइनलमा सालाह–माने आमनेसामने

क्यामरुनका तीन खेलाडी लगातार पेनाल्टी सुटआउटमा गोल गर्न असफल भएपछि इजिप्टका कप्तान सालाह पेनाल्टी हान्न जान परेन। यसअघि निर्धारित समय र अतिरिक्त ३० मिनेटमा पनि दुवै टोली गोल गर्न असफल भएका थिए। पेनाल्टी सुटआउटमा इजिप्टका गोलकिपर मोहम्मद अवोउ गावाल नायक साबित भए। उनले हरोल्ड मौकान्डी र जेम्स ली सिलिकीको प्रहार रोकेका थिए। क्यामरुनका क्लिन्टन नेजईको प्रहार बाहिरिएको थियो।

चेल्सी र लिभरपुललाई सफलता

चिर परिचित प्रतिद्वन्द्वी टोटेनह्याममाथि जित निकाल्दा चेल्सीले शीर्ष चारमा अटाउने सम्भावनालाई जीवन्तसमेत राखेको छ। उता पराजित भएपछि टोटेनह्यामको शीर्ष चारभित्र अटाउने लक्ष्यमा धक्का लागेको छ।

आर्सनल अग्रता जोगाउन असफल:अर्टेटाले गरे टोलीको आलोचना

प्रिमियर लिग फुटबलअन्तर्गत बुधबार भएको खेलमा एभर्टनसँग २–१ ले पराजित भएपछि आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो टोलीको कडा आलोचना गरेका छन्।

सिटी यस सिजन पहिलो पटक शीर्षमा

सिटीले वाटफोर्डलाई उसैको मैदानमा ३–१ ले स्तब्ध बनाउँदै उपाधिको होडमा बलियो चुनौती जारी राख्यो। पछिल्ला चारमध्ये तीन प्रिमियर लिगको उपाधि जितेको ग्वार्डिओलाको सिटीले यस पटक पनि लय जारी राखेको छ। रहिम स्टर्लिङको गोलबाट अग्रता लिएको सिटीका लागि बर्नार्डो सिल्भाले दुई गोल गरे।

बर्नलीले चेल्सीसँग अंक बाँड्यो

प्रिमियर लिगमा शनिबारकै अर्को खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई उसैको मैदानमा स्तब्ध बनायो। २–० को नतिजा निकाल्दै सिटी शीर्ष स्थानको चेल्सीसँगको दूरी घटाउन सफल भएको हो।

खेल पर्यटन र क्रिकेट: अवस्था बीस वर्षअघिकै

तटस्थ भूमिका रूपमा भारत र पाकिस्तानको खेल आयोजना गर्ने सम्भावनाबाट च्युत भएर नेपाल आफैं तटस्थ भूमिको खोजीमा युएईको चर्को धुप खेपिरहेको छ। गत महिना सम्पन्न विश्व क्रिकेट लिग च्याम्पियनसिप त्यसको बलियो उदाहरण हो। तर खेल पर्यटनको सम्भावनाबारे चर्का भाषण र मीठा कार्यपत्र प्रस्तुत हुने क्रम पनि निरन्तर नै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्