१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

भिटाली एभर्टनमा

प्रिमियर लिग क्लब एभर्टनले युक्रेनका अन्तर्राष्ट्रिय डिफेन्डर भिटाली म्यकोलेन्कोलाई अनुबन्धित गरेको छ।

एभर्टनले डाइनामो किभबाट डिफेन्डर भिटालीलाई १८ मिलिनय पाउन्डनमा अनुबन्धित गरेको हो। २२ वर्षे डिफेन्डरले एभर्टनसँग चार वर्षको सम्झौता गरेका छन्। भिटालीले युक्रेनका लागि २१ खेल खेलेका छन्।

उनी सन् २०२६ सम्म गोडिसन पार्कमा रहनेछन्। ‘म अहिले २२ वर्षको भइसकें र युवा छु भन्ने लाग्दैनँ। मसँग युरोपियन खेल खेलेको अनुभव छ। अझै एभर्टनमा सुधारिएको खेल देखाउनेमा आशावादी छु,’डिफेन्डर भिटालील भनेका छन्। युरो कप २०२० मा युक्रेनले क्वार्टरफाइनल सम्मको यात्रा तय गर्दा उनी टोली सदस्य पनि थिए।

एभर्टनका लुकास डिग्नेको स्थानमा भिटाली टोलीमा देखापर्ने अनुमान गरिएको छ। प्रशिक्षक राफइल बेनिटेजको नजरभन्दा बाहिर रहेका लुकास डिग्ने चेल्सीमा जाने चर्चा चलेसँगै भिटालीलाई मौका मिल्ने अनुमान गरिएको छ।

प्रकाशित: १८ पुस २०७८ ०३:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App