६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

धनगढी मेयर एलपिएल: सत्यवतीको जीत सुरुवात

धनगढीमा सोमबारदेखि सुरु भएको अन्डर–१९ विद्यालय स्तरीय धनगढी मेयर लिटर फ्लावर प्रिमियर लिग टि–ट्वान्टी प्रतियोगिताको छैठौं संस्करणको सुरुवात खेलमा सत्यवती एकेडेमीले विजयी सुरुवात गरेको छ।

धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा सत्यवती एकेडेमीले आयोजक लिटल फ्लावरलाई ७३ रनले पराजित गरेको हो। खेलमा सत्यवती एकेडेमीले दिएको १९८ रनको लक्ष्य पछ्याउने क्रममा लिटल फ्लावरले पूरै २० ओभर व्याटिङ गरेता पनि ८ विकेट क्षतिमा १२४ रन मात्र बनाउन सक्यो।

लिटल फ्लावरको व्याटिङमा कप्तान विपिन रावलले सर्वाधिक ६२ रन बनाए, जुन क्रममा ४५ बलमा ८ चौका र २ छक्का प्रहार गरे। यस्तै नरेन भट्टले २८ रन बनाए। सत्यवती एकेडेमीका बलर निरज भट्ट र युवराज खत्रीले समान दुई विकेट लिए भने सन्तोष कार्की, सन्दिप खत्री र सुजन गौतमले समान एक विकेट लिए।

यसअघि टस जितेर व्याटिङ गरेको सत्यवती एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा १९७ रन बनाएको थियो। सत्यवती एकेडेमीको लागि सन्दिप खत्रीले सर्वाधिक ६६ रन बनाए, जुन क्रममा २९ बलमा २ चौका र ७ छक्का प्रहार गरे।

यस्तै सन्तोष कार्कीले ३३ रन, खगेन्द्र जोशीले ३२ रन तथा आदिल अन्सारीले ३० रन योगदान दिए। लिटल फ्लावरका बलर प्रकाश जैसी, अनुराग सिंह र सुवास ऐरले समान दुई विकेट लिए। खेलको प्लेयर अफ द म्याच सन्दिप खत्री घोषित भए।

प्रतियोगिता अन्तर्गत मंगलबार दुई खेल हुनेछन्। बिहान साढे ९ बजे हुने पहिलो खेलमा होलिल्याण्ड इंगलिश बोर्डिङ स्कुल र एभरेष्ट एकेडेमी तथा दिउँसो साढे १ बजे गुरुकुल इंगलिश मिडियम स्कुल र स्टेपिङ स्टोन इंगलिश स्कुलले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: २ फाल्गुन २०७८ १३:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App