१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आइपिएल अक्सनमा सन्दीप अनसोल्ड

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनमा नेपाली क्रिकेट टोलीका लेगस्पिनर एवं कप्तान सन्दीप लामिछाने अनसोल्ड भएका छन्। बेंगलोरमा पहिलो दिनको सम्पन्न अक्सनमा सन्दीप अनसोल्ड अथार्त कुनैपनि टोलीले उनलाई किकेनन्।  

४० लाख भारतीय रुपैयाँ अर्थात ६४ लाख नेपाली रुपैयाँ न्यूनतम मूल्य तोकेका सन्दीप पहिलो दिनको अन्तिम सेटको अन्तिम नम्बरमा परेका थिए। सन् २०१८ मा तत्कालिन दिल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स) ले न्यूनतम मूल्य २० लाख भारतीय रुपैयाँ अक्सनमा किनिएका सन्दीप गत वर्ष पनि अनसोल्ड भएका थिए।

२०२० सम्म दिल्लीमा रहेका सन्दीपले ९ खेल खेल्दै १३ विकेट लिएका थिए। सन्दीप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन्।

प्रकाशित: २९ माघ २०७८ १६:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App