coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

बर्नलीले चेल्सीसँग अंक बाँड्यो

चेल्सीका जर्गिन्हो (बीच) बर्नलीका एस्ले वेस्टउडसँग बलका लागि प्रतिस्पर्धा गर्दै। तस्बिरः एपी

रोस बार्क्लीको उत्कृष्ट प्रदर्शनबाट प्रिमियर लिगको उपाधिको अपेक्षा राखेका थोमस टुचेलको टोली चेल्सीले शनिबार बर्नलीसँग १–१ को बराबरी खेल्दै अंक बाँड्दा म्यानचेस्टर डर्बी भिडन्तमा सिटीले बाजी मारेको छ।

चेल्सीको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा लिएको अग्रतालाई दोस्रो हाफमा कायम राख्न नसक्दा बर्नलीसँग बराबरी खेल्दै अंक बाँडेको हो।२७ वर्षे बार्क्लीले मौका पाउँदा अनुभवी र भरपर्दा खेलाडीद्वय रोमेलु लुकाकु र टिमो वेर्नेर चोटका कारण मैदानबाहिर छन्। मासोन माउन्ट भने टोलीमा अनुभवी खेलाडी रहेका थिए।

घरेलु मैदानमा दबाब दिएर खेलेको चेल्सीले ३३औं मिनेटमा काई हार्भाट्जको गोलबाट अग्रता लिएको थियो।रिस जेम्सको क्रसलाई सदुपयोग गर्दै हार्भाट्जले यस सिजन लिगमा दोस्रो गोल गरेका थिए।रेलिगेसन क्षेत्रमा रहेको बर्नलीले दोस्रो हाफमा अग्रता घटाउन सफल भएको थियो। पाहुना टोलीका भिड्राले खेल सकिन ११ मिनेटअघि गोल गर्दा बर्नलीले लिग लिडर क्लबसँग अंक खोस्न सफल भएको हो।

बराबरीको नतिजापछि चेल्सीले दोस्रो स्थानको म्यानचेस्टर सिटी र तेस्रो स्थानको लिभरपुलसँग अंक दूरी बढाउने मौका गुमाएको हो। बराबरीको नतिजापछि पनि चेल्सीले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग स्पष्ट ३ अंकको अग्रता लिएको छ।

बर्नली रेलिगेसन क्षेत्रभन्दा अझै २ अंकले पछि छ। बाक्र्लीको प्रदर्शनमा ठूलो अपेक्षा राखेका चेल्सी प्रशिक्षक थोमस टुचेलले उपाधि उचाल्न सहयोग पुग्ने  बताएका हुन्।

‘बार्क्लीले क्लबबाट लामो समय कुरिरहेका छन्। उनी टोलीमा रहँदा राम्रो प्रभाव पारेका छन्,’बार्क्लीलाई प्रशंसा गर्दै टुचेलले भने,‘उनी सुरुआती ११ मा अटाउने खेलाडी हुन्। आजको खेलमा फरक रणनीतिका साथ खेलेका थियौं। परीक्षणको खेलमा उनको प्रदर्शन राम्रो रह्यो। यद्यपि उनले आफ्नो प्रदर्शन अझै राम्रो हुने अपेक्षा रखेका छन्। आजको खेलबाट उनी स्वयम् सन्तुष्ट छैनन्।’

प्रिमियर लिगमा शनिबारकै अर्को खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई उसैको मैदानमा स्तब्ध बनायो।

२–० को नतिजा निकाल्दै सिटी शीर्ष स्थानको चेल्सीसँगको दूरी घटाउन सफल भएको हो। ११ खेलबाट २३ अंक जोडेको सिटी शीर्ष स्थानको चेल्सीभन्दा ३ अंक पछि परेको छ। म्यानचेस्टर युनाइटेड भने पाँचौं स्थानमा छ।

प्रिमियर लिगकै अर्को खेलमा साउथह्याम्पटनले घरेलु मैदानमा एस्टन भिल्लामाथि १–० को संघर्षपूर्ण जित निकाल्दा क्रिस्टल प्यालेसले उल्भ्समाथि २–० को स्पष्ट जित निकाल्यो। ब्रेन्टफोर्ड नर्विच सिटीसँग २–१ ले पराजित हुँदा न्युक्यासल र ब्राइटनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे।

प्रकाशित: २२ कार्तिक २०७८ ०१:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App