९ आश्विन २०८१ बुधबार
image/svg+xml

संसद् प्रभावकारी नहुँदा उपनिर्वाचनको महत्त्व सेलायो

प्रत्यक्ष निर्वाचनबाट निर्वाचित सबै सांसदको पद रिक्त भएपछि सो क्षेत्रमा सांसदविहीन हुन नदिन उपनिर्वाचन गराउनुपर्ने हुन्छ।

माओवादी महाधिवेशनः समाजवादमा पुग्ने बाटो ‘अस्पष्ट’

अध्यक्ष दाहालको प्रतिवेदनमाथि मंगलबार २५ वटा समूहमा भएको छलफलमा सहभागीले समाजवादमा पुग्ने बाटो स्पष्ट नभएकाले महाधिवेशनले तय गर्नुपर्ने सुझाएका हुन्। छलफलमा सहभागीले प्रतिवेदन अपूरो र अस्पष्ट भएको बताएका छन्। उनीहरूले प्रतिवेदन क्रान्तिकारी भए पनि त्यसमा थप सुधारको आवश्यकता औंलाएका छन्।

अध्यक्ष दाहालको दस्तावेजमाथि सामूहिक छलफल सुरु

आइतबारदेखि सुरु भएको माओवादीको आठाैँ राष्ट्रिय महाधिवशेनको बन्दसत्रले अध्यक्षको वैचारिक र राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न विभिन्न २५ समूह बनाएको थियो। ‘समूह १’ मा ज्येष्ठ कम्युनिष्ट मञ्च रहेको छ। सो समूहले प्रज्ञा भवनको सभाको मुख्य भागमा छलफल सुरु गरेको छ।

उग्रतामा लगाम

अहिले पनि एकथरी मानिसलाई उग्रताबाट आफ्नो दल बलियो बनाउन सकिन्छ भन्ने भ्रम छ। त्यही भ्रमपूर्ण विश्वासका आधारमा सर्वसाधारणमाथि ज्यादती भइरहेको छ।

महाधिवेशनमा दाहालको प्रतिवेदनः विचारको अस्पष्टताले कम्युनिस्ट आन्दोलन समस्यामा

दाहालले पछिल्लो समय असंवैधानिक र नि रङ्कुश तब रबाट पटकपटक प्रतिनिधिसभाको विघटन गर्ने, संविधानविप रीत दलहरू विभाजन गर्ने, संवैधानिक र अन्य महत्वपूर्ण नियुक्ति ग रे र अस्थि रता, अ राजकतालाई मलजल गर्ने तथा संघीयताको मर्मविप रीतका क्रियाकलाप भइ रहेको बताएका छन्।

‘माओवादीले सर्वहाराको हितमा काम गर्ने हैसियत राख्दैन’

माओवादी केन्द्र उपत्यका विशेष प्रदेश समिति सदस्य जिपी मैनालीले पार्टीले युवा पुस्तालाई विश्वास गर्नुपर्ने बताउँछन् । नेपाली कांग्रेस, एमालेसहितका राजनीतिक दलमा युवाहरूको प्रतिनिधित्व र सहभागिताले नयाँ आशा र विश्वासको सञ्चार गरेको जनाउँदै मैनालीले पार्टी परम्परागतरूपमा अघि बढ्न नहुने बताउँछन् ।

अध्यक्ष प्रचण्डको प्रतिवेदनः सच्चिने प्रतिवद्धतादेखि युवालाई रोजगारीसम्म

नेकपा (माओवादी केन्द्र)ले पार्टीका नेता तथा कार्यकर्ता अनिवार्य रूपमा १५ दिन श्रमसँग जोडिनुपर्ने प्रस्ताव गरेको छ। राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको वैचारिक तथा राजनीतिक दस्तावेजमा पार्टीलाई उत्पादनसँग जोड्ने प्रस्ताव गरेका हुन्।

निर्वाचन आयोगको निर्णयप्रति माओवादीको आपत्ति

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले निर्वाचन आयोगले पार्टीको विधानमाथि गरेको निर्णयको प्रतिवाद गरेको छ। निर्वाचन आयोगले दलको विधानमा साम्यवाद र वर्ग सङ्घर्ष लेख्न रोक लगाएको छ।

प्रचण्डको दस्तावेजको सारः व्यापक जनाधारद्वारा शान्तिपूर्ण क्रान्ति

नेकपा (माओवादी केन्द्र)को जारी आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज शुरु भएको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘२१ औँ शताब्दीमा समाजवादको बाटो’ शीर्षकको दस्तावेज पेश गरेका छन्।

माओवादी आठौँ महाधिवेशनः बन्दसत्र ११ बजेदेखि प्रज्ञा भवनमा

बन्दसत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुने स्थायी समिति सदस्य जनार्दन शर्माले जानकारी दिए।

नीति र नेतृत्व

अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले विकास गर्न खोज्दा आफूलाई सरकारबाट हटाइएको भन्ने दाबी गर्दै आएका छन्। वास्तवमा यही कारणले एमाले सरकारबाट हटेको होइन भन्नेमा सर्वसाधारण जानकार छन्।

माओवादीको बन्द सत्र आज बिहान ११ बजेदेखि सुरु हुने

नेकपा(माओवादी केन्द्र)को बन्दसत्र आज बिहान ११ बजेदेखि प्रज्ञा भवनमा सुरु हुने भएको छ। हिजो उद्घाटन सत्र भव्य कार्यक्रमका साथ सम्पन्न गरेको माओवादीको बन्दसत्र कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरिएको थियो।

राष्ट्रिय महाधिवेशनमा ‘माओवादी ब्राण्ड’को खोजी

माओवादी अध्यक्ष प्रचण्डका शब्दमा सुधारसहितको क्रान्तिकारी माओवादी बनाउने संकल्प आठौं महाधिवेशनले गर्नेछ। देश, जनताको विश्वासलाई कुन रूपमा माओवादीले सम्बोधन गर्ला भन्ने यतिबेला आम जनमानसमा चासो छ।

पदाधिकारी १५ जना हुने

केन्द्रीय समितिमा यस विषयमा छलफल भइसकेको छ। पार्टीमा अब अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव, एक कोषाध्यक्षसहित १५ पदाधिकारी रहने छन्। यो प्रस्ताव अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय कमिटी बैठकमा राखेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्