२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

माओवादी दस्तावेजमाथि छलफल गर्न २५ समूह गठन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंमा जारी आठौं राष्ट्रिय महाधिवशेनमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा प्रचण्डले पेश गरेको उक्त प्रतिवेदनमाथि छलफलका लागि २५ वटा समूह बनाइएको छ।

ती समूहहरूले अहिले दाहालको प्रतिवेदन अध्ययन तथा छलफल गरिरहेका छन्। यसका लागि विभिन्न प्रदेश र जनवर्गीय संगठनहरूका छुट्टाछुट्टै समूह बनाइएको छ। समूहगत छलफलका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानका सबै हल, पार्टी केन्द्रीय कार्यालय र पार्टी प्यालेसमा समेत बसेर समूहहरूले प्रतिवेदनमाथि छलफलमा रहने गरी व्यवस्थापन गरिएको छ।

स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान संशोधन प्रस्ताव पेश गरेका छन्।

समूहका संयोजकले आफ्नो समूहमा उठेका विषयलाई बन्द सत्रको हलमा प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ। प्रतिवेदन पारित गरेपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ।

प्रकाशित: १२ पुस २०७८ ११:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App